News

काठमाडौंमा घरजग्गा खाली गर्ने उजुरीको थुप्रो, न्याय पाउन कति समय लाग्छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकामा घरजग्गा खाली गराउन उजुरी बढेको पाइएको छ । महानगरपालिकाअन्तर्गतको न्यायिक समितिका अनुसार घरजग्गा क्षेत्रका विभिन्न शीर्षकमा उजुरी पर्ने गरेका छन् । 

समितिमा पर्ने उजुरीमध्ये ९० प्रतिशत घरजग्गा खाली गर्नेसम्बन्धी हुने गरेका छन् । कोठा-पसल, घर-पसल कवल, जग्गा खाली गर्ने, सार्वजनिक बाटो, ढल आदिसम्बन्धी  आवश्यक कारबाहीसम्बन्धी, टावर हटाउनेसम्बन्धी, सम्पत्ति फिर्ता, रकम फिर्ता, ज्याला पारिश्रमिक, ज्येष्ठ नागरिकसम्बन्धी मानाचामल, नाबालक, ज्येष्ठ नागरिकसम्बन्धी, क्षेत्रफल कायमसम्बन्धी, दायित्वसमेत सरेर आएको लगायतका शीर्षकमा उजुरी परेका छन् । 

आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को हालसम्म परेका उजुरीको अवस्थाः 
क्र.सं  विषय उजुरी संख्या 
१. कोठा-पसल, घर-पसल कवल, जग्गा खाली गर्नेसम्बन्धी १२२
२. सार्वजनिक बाटो, ढल आदिसम्बन्धी  २७
३. आवश्यक कारबाहीसम्बन्धी ४९
४. टावर हटाउनेसम्बन्धी १ 
५. सम्पत्ति फिर्ता
६. रकम फिर्ता
७. ज्याला पारिश्रमिक
८.  ज्येष्ठ नागरिकसम्बन्धी मानाचामल, नाबालक, ज्येष्ठ नागरिकसम्बन्धी 
९. क्षेत्रफल कायमसम्बन्धी
१०. दायित्वसमेत सरेर आएको २१९
११. दायित्वसमेत सरेर आएको 
जम्मा  २१९

स्रोतः महानगरअन्तर्गत कानुन तथा मानव अधिकार विभाग

यी उजुरीमध्ये करिब ५० वटा उजुरी मेलमिलाप भइसकेका छन् भने करिब १ सय ५० उजुरी बाँकी छन् । 

यी हुन् ०७९ साउनदेखि ३० पुससम्म आएका उजुरीहरू 

०७९ साउनदेखि ३० पुससम्म घरकोठा, सटर, पसल कवल, जग्गा आदि खाली गरी बहाल रकम भराइपाऊँ भन्ने ९२ वटा उजुरी निर्णय भएका छन् । ज्येष्ठ नागरिक, नाबालक, मानाचामल, इज्जतका साथ खान–लाउन पाऊँ भन्ने आठ, बाटो, ढलान, सार्वजनिक बाटो आदि खुलाइपाऊँ ११, सामानसहितको पारिश्रमिक, पारिश्रमिक ज्याला चार उजुरी समितिमा परेका छन् । जसमध्ये पाँच उजुरी मिलापत्र भएका छन् । पाँच उजुरी प्रमुखसमक्ष पेस हुन आदेश दिइएको छ भने १७ उजुरीको तामेली, मुल्तबीमा छन् ।

तीन महिनामा हुनुपर्ने न्यायसम्पादन वर्ष दिनसम्म लाग्ने 

समितिमा आएका कतिपय उजुरीको निरूपण गर्न एक वर्षसम्म पनि लाग्ने गरेको छ । जसले गर्दा महानगरवासी न्यायको हकबाटै वञ्चित भइरहेका छन् । समितिले छिटो न्याय निरूपण गर्न कडा कानुनको व्यवस्था गर्न लागेको न्यायिक समितिले जनाएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It