Lifestyle

दशैँमा टिका र जमरा किन लगाइन्छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । विजयादशमीको दिन निधारमा रातो अक्षतासँगै कानमा जमरा लगाउने प्रचलन छ । देवी दुर्गाको प्रसादस्वरुप मान्यजनको हातबाट थापिने टीका/अक्षता र जमरालाई  समृद्धिको प्रतीक मानिन्छ । हिन्दु परम्परा अनुसार अक्षता हरेक शुभकार्य वा धार्मिक कार्यमा प्रयोग गरिन्छ । तथापि, दशैँको अक्षता र जमराको विशेषता बेग्लै छ । 

दशैँमा टीकाको महत्वः 

दशैंमा मान्यजनबाट आशीर्वादस्वरुप टीका/अक्षता र जमरा ग्रहण गर्ने प्रचलन छ । अक्षताले मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रम बढाउने मान्यता छ । रातो र सेतो रंग शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र विचारमा शुद्धता दिन्छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ ।  यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ ।

दशैँको टीका गाईको दूधबाट बनेको दही, चिनी, रातो रंगमा मिलाएर तयार गरिन्छ । यसरी तयार गरिएको टीकालाई निधारको मध्यभाग अर्थात् दुवै आँखीभौँको बीचमा मा आज्ञा चक्रमा लगाइन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्ने धार्मिक विश्वास रहिआएको छ । 

दशैँको जमराः

दशैँमा टीकासँगै जमरा राखिदिने चलन छ । धर्मशास्त्रले जमरालाई समृद्धिको प्रतीकका रुपमा चित्रण गरेको पाइन्छ । पौष्टिक खाद्यपदार्थ जमरामा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिन पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको काम गर्ने तथ्य वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It