Vaastu

‘स्वस्तिक’को उल्टो प्रयोग हुँदा के हुन्छ? यस्ता छन् जान्नैपर्ने कुरा

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिन्दु धर्ममा कुनै पनि शुभ कार्य गर्नुअघि ‘स्वस्तिक’ चिन्ह बनाएर त्यसको पूजा गर्ने गरिन्छ । साथै घरको मूल ढोकामा स्वस्तिकको आकृति बनाएर टाँस्ने पनि गरिएको पाइन्छ । 

‘स्वस्तिक’ चिन्हलाई वास्तु शुभ, मंगल र समृद्धिको प्रतीक मानिन्छ । घरको मुख्य ढोकामा सिन्दुरले स्वस्तिक चिन्ह बनाउँदा नकारात्मक ऊर्जा प्रवेश नगर्ने र वास्तु दोष हराएर जान्छ । साथै परिवारमा सँधै सुख-समृद्धि मिल्ने जनविश्वास छ । 

सफलता र समृद्धिको लागि प्रयोग गरिने स्वस्तिक चिन्हको प्रभावले मानिसको जीवनमा व्याप्त तनाव, रोग, क्लेश, गरिबी, एवम् शत्रुता निवारण हुन्छ ।

‘स्वस्तिक’को आकृतिलाई भगवान् श्री गणेशको प्रतीक, श्री हरि र सूर्यको आसन पनि मानिन्छ । स्वस्तिक लाई धन-द्रव्य एवम् देवी लक्ष्मीको प्रतीक पनि मानिन्छ । यसको ज्यामितीय आकृतिले चारै दिशाबाट सकारात्मक ऊर्जालाई आकर्षित गर्दछ । 

स्वस्तिकमा तेर्सो र ठाडो चारवटा रेखाहरू हुन्छन् । तेर्सो रेखाले स्थिरता दर्शाउँछ भने ठाडो रेखाले सृष्टिको स्रोतलाई बुझाउँदछ । 

स्वस्तिकको बीचमा चारवटा थोप्ला बनाइएको हुन्छ । यसले चार वेद (ऋगवेद,यजुर्वेद,सामवेद र अथर्ववेद), चार युग (सत्य युग, त्रेता युग, द्वापर युग र कलियुग), चार अवस्था (धर्म, अर्थ, काम र मोक्ष), चार दिशा (पूर्व,पश्चिम,उत्तर र दक्षिण), चार याम (वसन्त, गर्मी, मनसुन र जाडो) लाई दर्शाउँछ । 

स्वस्तिक चिन्ह बनाउँदा चन्दन, बेसार, अथवा विवाहमा प्रयोग हुने सिन्दुरको प्रयोग गर्नुपर्छ । यसले ग्रह दोष हट्ने विश्वास छ  । त्यसैगरी घरको मूल ढोकामा तामा वा अरू धातुको स्वस्तिक चिन्ह बनाएर टाँसिएको छ भने सो चिन्हमा सिन्दुर वा हल्दिले स्वस्तिकका रेखाहरूलाई स्पष्ट बनाइदिनु पर्छ । 

स्वस्तिकको शुद्ध, पवित्र एवं सही ढङ्गले उचित स्थानमा प्रयोग गर्नु जरुरी छ । अन्यथा यसको गलत प्रभाव पर्न जान्छ ।

एक किम्वदन्ती अनुसार दोस्रो विश्वयुद्धमा हिटलरले उल्टो स्वस्तिकलाई सेनाको प्रतीक मानेका थिए । सैनिकहरूको पोशाक र टोपीमा उल्टो स्वस्तिक चिन्ह अंकित गरिएका थिए । यो नै हिटलरको यही एक गल्ति बर्बादीको कारण बनेको धेरैको आँकलन छ । स्वस्तिकको गलत प्रयोगका कारण हिटलरले युद्धमा हार बेहोर्नु परेको थियो । 

गलत तरिकाले स्वस्तिक चिन्हको प्रयोग गर्दा बुद्धि-विवेक समाप्त भइ दरिद्रता, तनाव, रोग एवम् कलह वृद्धि हुन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It