Lifestyle

कसरी बनाउने ‘भिरालो जग्गा’मा घर ? यस्ता छन् जान्नैपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । जमिनको प्रकार हेरेर घडेरीको गुणस्तर थाहा पाउन सकिन्छ । घडेरीको गुणस्तरअनुसार नै संरचनाको आयू लामो वा छोटो हुने हुन्छ । त्यसैले घर बनाउनु अघि वा घडेरी किन्नेबेलामा माटो परिक्षण गर्ने गरिन्छ ।

ढुङ्गा कंक्रिटको मात्रा बढी भएको तथा कसिलो माटो भएको जमिन घर बनाउनका लागि उपयुक्त मानिन्छ । आकारको कुरा गर्नुपर्दा सकेसम्म चारकुना मिलेको समतल जग्गालाई राम्रो मानिन्छ । यद्यपि सँधै यस्तो जग्गा नपाइने हुँदा भिरालो जग्गाहरूमा पनि घर निर्माण गर्ने गरिन्छ । तसर्थ भिरालो जग्गामा घडेरी छ भने, त्यसलाई सही तरिकाले उपयोग गरि टिकाउ संरचना निर्माण गर्न सकिन्छ । 

यी हुन् भिरालो जग्गामा घर तथा अन्य संरचना निर्माण गर्दा ध्यानदिनुपर्ने कुराहरूः
कटिङ र  फिलिङ कम गर्ने 

भिरालो जग्गामा घर बनाउदा कटिङ र फिलिङ कम गरेर स्टेप प्रणालीमा घर बनाउन सकिन्छ । यसरी बनाउँदा माटो खन्ने र भर्ने काममा आउने खर्च कम हुन्छ । भने स्टेप सिस्टममा घर बनाउँदा जमिनमुनि पनि थप स्पेस निकाल्न सकिन्छ ।

shear wall बनाउनेः

जमिनमुनि स्पेस राख्दा shear wall अनिवार्य हुन्छ । Shear wall ले जमिनमुनिको स्पेसलाई support गर्दछ र wall बाट पानी रसाउन र चुहिनबाट रोक्दछ । स्टेप सिस्टममा घर बनाउँदा जमिनमूनी बनाइएको कोठामा पनि ग्राउन्डमा जस्तै स्ल्याब कास्टिङ अर्थात ढलान गर्नुपर्छ । यसो गर्दा जमिनमुनिको पानी वाल तिर जान पाउँदैन र घर कमजोर हुने र पानी रसाउन र चुहिन कम हुन्छ । 

Perforated पाइप र geo fibre को प्रयोग 

स्ल्याब कास्टिङ गर्नुभन्दा पहिला त्यहाँ गिट्टीहरू राखि त्यसमाथि ४ वा ६ इन्चको दुईतिर खुला भएको छिद्रित पाइप राख्नुपर्छ । त्यो पाइप भन्दामाथि पुनः geo fibre राख्नुपर्छ । यसो गर्दा जमिनमूनीको पानी  दुवै तिरबाट सजिलै बाहिर निस्कन पाउँछ । यसो गर्दा ग्राउन्ड फ्लोरमा पानी रसाएर घर कमजोर हुने समस्याहरु आउँदैन।

माथिका उपाय अपनाएर घर निर्माण गर्दा औसतमा १० लाख जति बढि खर्च लाग्न सक्छ । तर यसले घरलाई दिगो र बलियो बनाउँछ । यसर्थ जिवनभरको कमाइलाई कमसल संरचनामा खर्चिनु भन्दा थोरै लागत बढाएर भरपर्दो घरमा निर्धक्कले बस्नु नै उपयुक्त हुन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It