Lifestyle

यस्ता छन्, जाडोयाममा हिटरको प्रयोग गर्दा निम्तिने दूर्घटनाबाट बच्ने उपाय 

Pinterest LinkedIn Tumblr

काठमाडौं । चिसोयाममा लागेसँगै बजारमा जाडोबाट बच्ने उपायको खोजी हुन थाल्दछ । प्रविधिको प्रयोग बढ्दै गइरहेको बेला कोठाहरूलाई न्यानो बनाउन हिटर जस्ता उपकरणको प्रयोग गरिन्छन् । यसरी बजारमा उपलब्ध सामग्रीको प्रयोग गर्दा फाइदा त छन् नै, तर कतिपय अवस्थामा सावधानी नअपनाउँदा दुर्घटना निम्तिएका खबरहरू पनि बेलाबेला सुन्नमा आउँछन् । आज हामी हिटरको प्रयोग र छनौटमा ध्यान पुर्याउनुपर्ने कुराहरूको चर्चा गर्दैछौं ।

बजारमा ग्याँस र बिजुलीबाट चल्ने विभिन्न ब्रान्ड र मूल्यका हिटरहरू पाउन सकिन्छ । नेपाली बजारमा ४ सय देखि  १३ हजार सम्मका हिटरहरू उपलब्ध छन् । 

चलनचल्तीका हिटरहरूः 
फ्यान हिटर

यस्ता छन्, जाडोयाममा हिटरको प्रयोग गर्दा निम्तिने दूर्घटनाबाट बच्ने उपाय

उपयोगिता र बजारलाई हेर्दा हिजोआज फ्यान हिटरको चल्ति बढेको पाइन्छ । जाडो र गर्मी दुवै मौसममा उपयुक्त हुने यस हिटरको फ्यानले आवश्यकता अनुसार चिसो र तातो हावा फ्याँक्छ । बजारमा यसको मूल्य १२ देखि १६ सय रूपैयाँसम्म पर्दछ । 

ह्यालोजन हिटर

यस्ता छन्, जाडोयाममा हिटरको प्रयोग गर्दा निम्तिने दूर्घटनाबाट बच्ने उपाय

मध्यमवर्गीय परिवारका लागि उपयुक्त ह्यालोजन हिटर सजिलै एकठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ । एउटा ठूलो साइजको कोठा तताउन सक्ने यो हिटरमा २ देखि ३ ओटा रड हुन्छ । चाँडै सेलाउने यो हिटर निभाएको केहिबेरमै राख्न पनि सहज हुन्छ । बजारमा ह्यालोजन हिटरको मूल्य न्यूनतम २ हजार देखि अधिकतम २२ सय सम्म पर्दछ । 

क्वार्ज हिटर

यस्ता छन्, जाडोयाममा हिटरको प्रयोग गर्दा निम्तिने दूर्घटनाबाट बच्ने उपाय

झट्ट हेर्दा क्वार्ज हिटर पनि ह्यालोजन हिटर जस्तै देखिन्छ । तर क्वार्ज हिटर ह्यालोजनको तुलनामा ढिलो तात्छ र ढिलै सेलाउँछ । यसको बजार मूल्य १ हजार देखि १५ सय सम्म पर्दछ ।

टाइमर हिटर

यस्ता छन्, जाडोयाममा हिटरको प्रयोग गर्दा निम्तिने दूर्घटनाबाट बच्ने उपाय

हेर्दा टेबल-फ्यान जस्तै देखिने टाइमर हिटरले तापक्रम नियन्त्रण गर्दछ । यसलाई फ्यान जस्तै गरि यताउता घुमाएर बाल्न सकिन्छ । बढिमा १ घण्टासम्म समय सेट गरेर चलाउन सकिने यो हिटर कोठा तताउनका लागि मात्र उपयुक्त देखिन्छ । यसको मूल्य ३ हजार देखि ४ हजार सम्म पर्दछ ।

हिटरको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरूः

हिटरको प्रयोगबाट हुने अप्रिय घटनाबाट जोगिन जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार एक सूचना जारी गरेको थियो । सूचनामा जिल्ला प्रहरी परिसरले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । यसरी हिटर तथा कोइला बाल्दा अक्सिजन नष्ट भइ कार्बन मनोअक्साइडसमेत बनी कोठाभित्र रहेका मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, निस्सासिइ बहोस हुने र थाहै नपाइ दुःखद् निधन हुने घटना बढेकाले सो कार्य नगर्न अनुरोध गरिएको हो । 

हिटरको प्रयोग गर्दा निम्तिन सक्ने दूर्घटनाबाट बच्न ध्यानदिनुपर्ने कुराहरूः

  • झ्यालढोका बन्द गरी हिटरको प्रयोग नगर्ने, 
  • विद्युतीय हिटरमा प्रयोग गरिएका तार तथा प्लकलाई बेलाबेला चेक गरिराख्ने, 
  • धेरै लोड भएका हिटरहरू एकैपटक प्रयोग नगर्ने, 
  • हिटरमा कागज तथा कपडा अड्किन सक्ने अवस्थामा नछोड्ने, 
  • ग्याँसबाट चल्ने हिटरको पाइप तथा रेगुलेटरको अवस्था चेक गरिरहने,
  • कोइला जन्य स्रोतबाट सकेसम्म आगो नताप्ने,
  • आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा बन्द गर्ने,
  • सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गर्ने, 
  • बच्चाहरूको पहुँचबाट टाढा राख्ने,
  • मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसले सकेसम्म हिटरको प्रयोग नगर्ने,
  • हिटरमा लामो समय  बस्दा छाला र आँखा सुख्खा हुने हुँदा लामो समयसम्म हिटरमा नबस्ने र  समय समयमा पानी पिउने ।
प्रतिक्रिया दिनुहोस्
Pin It