Featured

३ आना २ पैसा जग्गामा बनेका सुविधा सम्पन्न घरहरू बिक्रीमा  

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकाको भीआईपी क्षेत्रमा घर बनाउने धेरैको सपना हुन्छ । तर स्वभाविक मूल्यमा स्तरीय र सुविधासम्पन्न घर पाउन सजिलो छैन । त्यसैले कार्यविनायक होम्सले शान्त र रमणीय वातावरणमा आकर्षक डिजाइनका सुविधासम्पन्न घरहरू ल्याएको छ । 

भैँसेपाटीस्थित ‘कार्यविनायक होम्स’ हाउजिङ लग्जरियस जीवनशैली रूचाउनेहरूका लागि बनाइएको घरहरूको प्रिमियम सेट हो । जहाँ केही समयअघि नै फर्निस्ड तथा सेमि फर्निस्ड घरहरूको बुकिङ खुलिसकेको छ ।

५० रोपनी  क्षेत्रफलमा फैलिएको हाउजिङमा आरभी ग्रुपले बङ्लो डिजाइनका घरहरू निर्माण गरिरहेको छ ।  ‘कार्यविनायक होम्स’ परियोजनाका बङ्लोहरू दुई फेजमा विभाजित छन् ।

पहिलो फेजमा निर्माण भएका जम्मा ६१ वटा मध्ये ५६ वटा घर बिक्री भइसकेका छन् । अब ३ आना २ पैसा जग्गामा बनेका पाँचवटा घरमात्रै बिक्री हुन बाँकी छन् । 

त्यसैगरी, दोस्रो फेजमा जम्मा ५१ वटा घरहरू रहेका छन् । पहिलो चरणमा ती मध्ये १० वटा घरहरू निर्माण गरि बुकिङ खुला गरिएको थियो । जसमध्ये दुईवटा घर बुकिङ भइसकेका छन् भने अब आठवटा घरहरू बिक्री हुन बाँकी छन् । 

३ आना २ पैसा जग्गामा बनेका 3BHK र 4BHK घरहरूमा ब्रान्डेड सामानहरूको प्रयोग गरिएको छ । जसमध्ये दुईवटा मास्टर बेडरुम अट्याच बाथरुम सहितका छन् । त्यस्तै, एक/एक वटा लिभिङ रुम, डाइनिङ रुम र ४ वटा बाथरूम छन् । 

वास्तुशास्त्रका साथै आधुनिक आर्किटेक्चरका आधारमा निर्मित घरमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको छ । जसले यहाँका घरहरूलाई भुकम्प प्रतिरोधात्मक बनाएको छ । 

सेक्युरिटी, पानी बिजुली र ढल निकासको राम्रो व्यवस्था भएको यस हाउजिङभित्र मन्दिर, स्विमिङ पुल, जिम, स्पा, कम्युनिटी हल, किराना पसल, एटीएम काउन्टर जस्ता सुविधाहरू हाउजिङमै उपलब्ध गराइएको छ । घरको गेटको छेवैमा सानो बगैँचा र वाटरफाउन्टेन बनाइएको छ । 

२० फिट फराकिलो सडक पहुँच भएको हाउजिङका प्रत्येक घरमा एउटा गाडी र केही बाइक पार्किङ गर्न सकिन्छ । 

आधुनिक सुविधासम्पन्न सेमी फर्निस्ड घरको मूल्य ३ करोड ३५ लाख देखि ३ करोड ४५ लाख तोकिएको छ भने फुल फर्निस्ड घरको मूल्य ३ करोड ८५ लाख देखि ३ करोड ९५ लाख तोकिएको छ ।  

‘कार्यविनायक होम्स’ तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । साथै, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It