Lifestyle

रङ्गलाई घरको सुन्दरता र गुणस्तरको आधार किन मानिन्छ ? (अडियोसहित)

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

काठमाडौं । घरको आकर्षण निर्धारण गर्नका लागि  फर्निचर, पर्दा, लुगा, कार्पेट,रंगलराेगनले विशेष भूमिका खेलेका हुन्छन् । घरलाई आकर्षक बनाउन मात्र नभएर मजबुत र सुरक्षित बनाउनका लागि पनि रंग लगाउन आवश्यक छ । रङ लगाएका भित्तामा लेउ लाग्दैन् र ओसिलोपन कम हुन्छ । पहिलापहिला कमेरो र रातोमाटोले घर चिटिक्क पारिन्थ्यो । हिजोआज विभिन्न किसिमका रसायनयुक्त रंगहरु बजारमा पाइन्छन् । आजको लेखमा हामी रंगका किसिम, प्रयोग र उपयोगिताका सम्बन्धमा विशेष चर्चा गर्दैछौं । 

घरमा प्रयोग हुने रङका किसिमः

सामान्यतया बजारमा दुई प्रकारका रङ पाइन्छ । हेेर्दा पानी (वाटर बेस्ड) र तेल (अइल बेस्ड) जस्ताे देखिने दुई किसिमका रङ हुन्छ । वाटर बेस्ड पेन्टमा सल्भेन्टको रूपमा पानी हुन्छ,‘यस प्रकारको रङलाई ल्याटेक्स पनि भनिन्छ । धेरैजसो वाटर बेस्ड पेन्ट एक्रिलिक एसिडबाट बन्ने भएकोले यसलाई एक्रिलिक ल्याटेक्स पनि भनिन्छ ।’ एक्रिलिक एक प्रकारको प्लास्टिक, कपडा, फाइबर, वा पेन्ट हो जुन एक्रिलिक एसिडबाट बनेको हुन्छ।

‘अइल बेस्ड पेन्ट भन्नेबित्तिकै धेरैले तेलबाट बनेको रङ भनेर बुझ्छन्,’ ‘यो तेलबाट बनेको नभई यसमा सल्भेन्टको रूपमा मिनरल स्प्रिट प्रयाेग गरिएकाे हुन्छ । जसलाई अल्किड रेसिन पनि भनिन्छ । यसले रङलाई चिपिक्क टाँस्ने र चम्किलो बनाउने काम गर्छ ।’ अइल बेस्ड-अल्किड पेन्टलाई मिनरल स्प्रिट (थिनर) ले पातलो बनाएर घुलाउँछ । वाटर बेस्ड-ल्याटेक्स पेन्टलाई पानीले पातलो बताएर घुलाउने गर्छ । 

रङ लगाउनुअघि ध्यान दिनुपर्ने कुराहरु 

  • रङ लगाउने ठाउँमा लेउ लागेको भए खुर्किएर पखाल्ने ।
  • सिमेन्ट उप्किएको ठाउँ टाल्ने ।
  • वर्षायाममा सकेसम्म घर रङ्ग नलगाउने ।
  • घाम लागेपट्टिबाट रङ लगाउँदा टाँसिन नपाउँदै सुक्ने भएकाले ओझेल परेको भागबाट ब्रस वा रोलरले रङ लगाउने । 
  •  माथिबाट चुहिएको रङले तल्लो भाग फाेहाेर हुने भएकाले माथितिरबाट तलपट्टि लगाउने । 

घरकाे कुन भागमा कस्तो रङ लगाउने ? 

भान्साकोठाः सुन्तला, हरियो, खैरो र पहेंलो जस्ता प्राकृतिक रङ भान्सामा लगाउनु राम्राे मानिन्छ । खान्कीमा रुचि र सकारात्मक साेच जगाउने भएकाले यी रङहरुलाई  विशेष मानिन्छ। नीलो रङले भान्सा नरङ्गाउनु राम्राे मानिन्छ । 

kitchen paint

बैठक कोठाः बैठककोठामा भित्तामा गाढा खालका रङ लगाउनु हुदैन । गाढा रातो वा हरियो रङलाई  उत्तेजक मानिने भएकाले बैठक कोठामा यि रङहरु प्रयोग नगर्नु राम्राे हुन्छ । यसकाे सट्टा वैजनी, प्याजी जस्ता फिका रङ लगाउन सकिन्छ। 

शौचालयः फिका निलो, सेताे र धिमा हरियो रङ शौचालयका लागि उत्तम मानिन्छ । तिनले आनन्दमय र सकारात्मक उर्जा दिने विश्वास गरिन्छ ।

सुत्ने कोठाः बेडरुमको कलरले व्यक्तिको मानसिकतामा असर पार्ने भएकाले बेडरुमको रङ लगाउदा विशेष ध्यान दिनुपर्छ ।  नीलो, हरियो, गुलाबी, रङले आनन्दकाे अनुभुति गराउने भएकाले सुत्ने कोठामा यि रङ लगाउनु राम्राे मानिन्छ । रातो र गाढा पहेंलो रङ सुत्ने कोठामा प्रयोग नगर्नु राम्राे मानिन्छ। 

पढ्ने कोठाः हल्का पहेंलो, हल्का हरियाे रङ र नीलो रङ पढ्ने कोठाकाे लागि राम्राे मानिन्छ । पहेंलो र हरियाे रङले सकारात्मक उर्जा, नीलो रङले ध्यानकेन्द्रित गराउने भएकाले यि रङ राम्राे मानिन्छन् । पढ्ने कोठामा सकेसम्म राताे रङ प्रयोग नगर्नु राम्राे मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It