Lifestyle

३ तले क्यामेरा घरः किन बनाइयो यस्तो अद्भुत संरचना ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । भारतको कर्नाटक बेलगावीमा क्यामेरा जस्तै देखिने तीन तलाको घर छ । दुई फोटोग्राफरहरू रवि र उनकी पत्नी कृपा होंगलको अवधारणामा निर्मित उक्त घरको नाम ‘क्लिक’ राखिएको छ । उनीहरूले आफ्ना तीन सन्तानको नाम पनि क्यानन, निकोन र एप्सन जस्ता लोकप्रिय ब्रान्डबाट नै राखेका छन् । 

सन् १९८६ देखि फोटोग्राफी गर्दै आएका रविले १० वर्षअघि आफ्नो परिवारका लागि क्यामेराको आकारको घर बनाउने निर्णय गरेका थिए । 

camera-shaped house

आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका होङ्गल दम्पतिले पुरानो घर बेच्नुपर्यो । पुरानो घर बेचेर आएको रकममा ऋण थपेर सपनाको घर निर्माण गर्ने निर्णय गरे ।

सन् २०१८ मा रविले घर निर्माणका लागि बैंगलोरस्थित आर्किटेक्चर फर्म ‘की कन्सेप्ट इन्टेरियर’ लाई  घर डिजाइनको जिम्मा दिए । 

होंगल दम्पतीले करिब ७१ लाख भारतीय रुपैयाँ खर्चेर आलिसान घर निर्माण गरे । जुन नेपाली रुपैयाँ करिब एक करोड १३ लाख भन्दा बढी हुन आउँछ । घरलाई ठ्याक्कै क्यामेराकै डिजाइन दिइएको छ । 

Ravi Hongal house

घरको झ्याललाई भ्यू-फाइन्डर र लेन्सको आकारमा डिजाइन गरी सिसाका झ्याल बनाइएको छ । यससँगै फिल्म स्ट्रिप, फ्ल्यास र मेमोरी कार्ड पनि बनाइएको छ । 

पर्खाल र बालकोनीको रेलिङमा समेत क्यामराको रील जस्तै डिजाइन गरिएको छ । 

घरको बाहिरी रूप मात्र नभइ भित्री इन्टेरियर पनि क्यामराकै रूपमा ढालिएको छ । घरको मूल ढोकामा मेमोरी कार्ड र सोनीको पेनड्राइभ चित्रित छ । 

camera-shaped house

झ्यालमा प्रयोग गरिएको ग्रिलमा पनि क्यामराको चित्र अङ्कित छ । घरको छतमा क्यामेराका विभिन्न फिचरहरूलाई चित्रण गरिएको छ । 

पहिलेदेखि आफूहरूले क्यामेरा जस्तो घर बनाउने सपना बोकेको र त्यहीअनुसार नै हाल सपनालाई वास्तविक रूप दिएको होंगल दम्पति बताउँछन् । 

camera-shaped house

सुरुमा क्यामेरा जस्तै अनौठो घर निर्माण गर्ने होंगल दम्पतीलाई बहुलठ्ठी भन्नेहरू पनि अहिले उत्साहका साथ घरको फोटो तथा भिडियो खिच्न आउने गरेका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It