Market

११ आना सम्ममा बनेका मनमैजु रेसिडेन्सीका लग्जरियस घरहरू अब बसोबासमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । हार्मोनी रेसिडेन्सी र बसोबास डटकमबीच व्यवसायिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । हाइड्रो सोलुसन नेपाल र हार्मोनी रेसिडेन्सीको संयुक्त लगानीमा तारकेश्वर नगरपालिका – ०९ फुटुङ, मनमैजुमा निर्माण भइरहेको ‘मनमैजु रेसिडेन्सी’ का घरहरूको एक्सक्लुसिभ (Exclusive) मार्केटिङ गर्ने सम्बन्धमा दुई पक्षबीच समझदारी भएको हो ।

मंगलबार एक कार्यक्रमबीच हार्मोनी रेसिडेन्सीका संस्थापक दिगेन्द्र श्रेष्ठ र बसोबासका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजन अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

रियलस्टेटको अनलाइन प्लेटफर्म बसोबाससँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशी लागेको श्रेष्ठले बताएका छन् । आधुनिक बक्स मोडलमा बनेको कोलोनी स्वस्थ र शान्त वातावरणको प्रतिबद्धता सहित निर्माण भएको कम्पनीले जनाएको छ ।

१९ रोपनीमा निर्माणाधीन हाउजिङमा जम्मा ३५ वटा घरहरू निर्माण हुनेछन् । जसमा ४ आनादेखि ११ आना क्षेत्रफलमा साढे दुई तलाका घरहरू हुनेछन् । भने घरहरू तीन प्रकारका हुनेछन् । 

मनमैजु क्षेत्र बसोबासका लागि उत्कृष्ट ठाउँको रुपमा परिचित छ । मनोरम दृष्य र शितल-स्वस्छ वातावरणले जोकोहीलाई आकर्षित गर्दछ । हरेक क्षेत्रको लागि पायक पर्ने र बालाजु बाइपासबाट २.६ किलोमिटरको दूरीमा अवस्थित भएकाले हिजोआज यस क्षेत्रमा मानिसहरूको आकर्षण बढ्दो छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It