Lifestyle

रासायनिक विषादी बिनै साङ्लाबाट छुटकारा पाउने उपाय

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

काठमाडौ । साङ्ला अर्थात् ‘कक्रोज’ । कुनै न कुनै समय यस घरेलु किराको सास्ती नभोग्ने घर सायदै नभेटिएला । अहिले गर्मीको महिना छ । प्रायः यो समय तपाईंको घरमा पनि साङ्लाले हैरानी दिइरहेको हुनसक्छ ।

बर्षादको समय ओस लाग्छ र साङ्लाको लागि उपयुक्त वातावरणको सिर्जना हुन्छ । गर्मी बढ्दै जाँदा उच्च तापक्रमका कारण साङ्लाहरू फस्टाउँदै जान्छन् । यस्तोमा साङ्लाबाट विशेषगरी खानेकुरा जोगाउन कठिन हुन्छ ।

गर्मीमा साङ्ला एकदमै छिटो फैलिनुको कारण मध्येको एक अत्याधिक प्रजनन क्षमता पनि हो । साङ्लाको पोथी जातिले एकपटकमा १० देखि ५५ वटासम्म अण्डा पार्न सक्छ । यिनीहरू खाना र पानी नजिक न्यानो ठाउँमा बस्न रुचाउँछन् ।

सामान्यतया, एउटा साङ्ला लगभग एक महिना खानबिना बाँच्न सक्छ । त्यस्तै करिब दुई हप्ता पानी बिनै बाँच्न सक्छ । यसको औसत आयु बीस देखि तीस हप्ताको हुन्छ । जसमा पोथी साङ्लाको आयु भाले साङ्लाको तुलनामा ज्यादा हुन्छ । यद्यपि कतिपय साङ्लाको आयु लगभग दुईवर्ष हुन्छ । यो साङ्लाको प्रजातिमा निर्भर गर्दछ ।

Cockroach

साङ्ला घरमा विभिन्न कारणले आउने गर्छन् । हामीले यसलाई घरभित्र आउनबाट रोक्न त नसकिएला तर तिनलाई घरबाट हटाउन रोकथाम गर्न भने अवश्य सकिन्छ ।  साङ्ला लगायत विभिन्न घरेलु किराबाट मुक्ति पाउने पहिलो र आधारभूत उपाय भनेकै घरको सफाइ हो । सफा र उज्यालो स्थानमा साङ्ला पनि आउँदैन । 

साङ्ला हटाउने ९ घरेलु उपायहरूः 

कफीः हाम्रोमा चिया पछि धेरै मात्रामा रुचाइने पेयपदार्थ कफी हो । हामीलाई मनपर्ने कफीको सुगन्ध साङ्लाको लागि भने निकै हानिकारक छ । कफीमा पाइने क्याफिनले साङ्लाको स्वास्थ्यमा विषको काम गर्छ । कफीलाई पिसेर भान्सामा वा घरभरि छर्किंदा यसको गन्धले साङ्ला भगाउन मद्दत गर्दछ । 

ल्वाङः प्राय घरको भान्छामा ल्वाङको प्रयोग भइरहेको हुन्छ । बहुउपयोगी ल्वाङको गन्धले पनि साङ्ला भगाउन सकिन्छ । साङ्ला धेरैलाग्ने ठाउँ हेरेर ल्वाङ राखिदिएमा गन्धको प्रभावले साङ्ला तुरुन्तै भाग्दछन्

मट्टितेलः पछिल्लो समय मट्टीतेलको प्रयोग लगभग शून्य छ । तर यसको उपयोगिता आज पनि छ । यदि कडा गन्ध भएको मट्टितेलको प्रयोग गरी साङ्लालाई सजिलै भगाउन सकिन्छ । साङ्ला भएको ठाउँमा मट्टीतेल छर्किंदा त्यसको गन्धले साङ्ला भाग्नुका साथै मर्दछन् ।

तेजपत्ताः हाम्रो लागि त तेजपत्ता निकै सुगन्धित हुन्छ । कुनै विशेष स्वाद नहुने भएपनि यसको फ्लेभर निकै रुचाइन्छ । तर साङ्लालाई यसको बासना नै नमीठो गन्ध भइदिन्छ । तसर्थ घरको कुनाक, नियमित रूपमा सफा गर्न नसकिने ठाउँमा तेजपत्ता राख्न सकिन्छ । यसले साङ्ला मार्न समेत मद्दत गर्दछ । तर यो प्राकृतिक औषधिको प्रभाव पर्न केही समय लाग्ने हुन्छ । 

लसुन र प्याजको धुलोः लसुन र प्याजको धुलोलाई साङ्ला बस्ने ठाउँमा छर्किंदा ठाउँ सर्दछन् । त्यस्तै; लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्ने र उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । सो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्किंदा साङ्ला भाग्दछन्

कागतीः कागतीको रसलाई साङ्ला लाग्ने ठाउँहरूमा छर्किने वा पानीमा मिसाएर छर्किंदा पनि साङ्ला भगाउन सकिन्छ । साथै कागतिको रसमा ‘नेचुरल डिस्सइन्फेक्ट’ हुने हुँदा साङ्लाबाट फैलने ब्याक्टेरिया र सम्भावित रोगबाट समेत बच्न सकिन्छ । 

भिनेगर र पुदिनाको तेलः यसको प्रयोग गरी झिँगा, साङ्ला लगायतका घरेलु किराबाट छुटकारा पाउन सकिन्छ । भिनेगर र पुदिनाको तेललाई मिसाएर साङ्ला हिडडुल गर्ने ठाउँमा छर्कदा घरबाट साङ्ला भाग्दछन् । 

सोडा र चिनीः चिनीमा साङ्ला झुम्मिन्छ र सोडाले साङ्ला मर्छ । त्यसैले यी दुईलाई एक ठाउँमा राख्नु उपयुक्त हुन्छ । गुलियो चिनी खान आउँदा सोडाका कारण साङ्ला मर्छ । 

अण्डाको बोक्राः अण्डाको बोक्रा प्रयोग गरी साङ्लालाई धपाउन सकिन्छ । प्रायः घरमा अण्डा प्रयोग भइरहन्छ । उपयोगिताको बारेमा थाहा नहुनाले बोक्रालाई हामी फ्याँकिदिन्छौं । तर यदि यसको सही प्रयोग गरेमा साङ्ला यसैबाट साङ्ला धपाउन पनि सकिन्छ । अण्डाको बोक्रा कुनै कुनामा राख्दा त्यसबाट आउने गन्धले साङ्ला बाहिर निस्किने र भाग्ने गर्छन् । 

बजारमा साङ्ला मार्ने थूप्रै रसायनिक औषधी पाइन्छ तर यसको प्रयोगले मानविय स्वास्थ्यमा गम्भीर असर पनि पुर्याउन सक्छ । बोरिक एसिडले साङ्लाको डाइजेस्टिभ सिस्टमलाई ड्यामेज गरेर तिनिहरूलाई मार्न सक्छ । यो साङ्ला मार्ने भरपर्दो उपाय हो । बोरिक एसिड प्रायजस्तो कपडा धुने सरफमा मिलाईएको हुन्छ । घर सफा गर्दा यसको प्रयोग गर्न पनि सकिन्छ । 

एकपटक घरमा साङ्ला लागिसकेपछि सजिलैसँग छुटकारा पाउन मुश्किल हुन्छ । प्रायजसो साङ्ला भान्छा, दराज, खाट, आदि जहाँ ओसिलो अथवा रेडियो टिभी फ्रिज जस्ता इलेक्ट्रिक सामानको आडमा लुकेर बसेका हुन्छन् ।

हामीले दैनिक सफा गर्न नसकिने ठाउँमा लुकेर साङ्लाले आफुलाई बचाइराख्छ । यसले प्रत्यक्ष रूपमा मानिसलाई असर त गर्दैन तर खानेकुरा, पानी र कपडामा फोहोर बनाएर हैरान दिन्छ ।

साङ्ला फोहोरमा बस्छ र फोहोरका व्याक्टेरियाहरू बोकेर लैजाने हुँदा हाम्रो खाना दुषित र विषादीयुक्त बनाउने गर्दछ ।  त्यस्तै हामीले लगाउने कपडामा हिँडेर फोहोर गर्दिने हुँदा हामीलाई एलर्जी गराइदिन्छ । साथै रोग फैलाउन सक्ने विभिन्न अध्ययनले पत्ता लगाएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It