Lifestyle

चाँडै घर किन्न चाहनुहुन्छ? यस्ता छन् ध्यान दिनैपर्ने ५ कुराः

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गाको मूल्य प्रतिदिन बढ्दो छ । ठूलो धनराशी खर्च हुनेहुँदा घर किन्नुअघि उपयुक्त योजना बनाउनु राम्रो हुन्छ । घर किन्ने योजना बनाउँदा आर्थिक पाटोसँगै अन्य विषयमा पनि उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । केही यस्ता काम नियमित गर्नसके मात्रै पनि आफूले सोचेको भन्दा चाँडै घर किन्न सकिन्छ ।

भरपर्दो र नाफामूलक बैंकमा बचत खाता खोल्नेः

जति चाँडै घर किन्ने सोचमा हुनुहुन्छ त्यति नै चाँडो बचत सुरु गर्नुपर्छ । तपाईंले जम्मा गर्नुभएको रकमको ब्याज केही बर्ष मै दोब्बर हुने प्रकृतिको बैंक र खाता छान्नुपर्ने हुन्छ । बैंकहरूले हरेक तीन/तीन महिनामा आधारदर सार्वजनिक गर्छन् । सोही आधारदरमा केही प्रतिशत थपघट गरेर बैंकहरूले ब्याजदर तोक्ने गरेका छन् । नेपाल बैंकर्स एशोसियनले व्यक्तिगत निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याजदर नदिने निर्णय गरेको छ । 

आधारदरका आधारमा उच्च मुनाफामूलक बैंकहरूः 

क्र. सं वाणिज्य बैंक  आधार दर (प्रतिशतमा)
स्ट्यान्डर्ड चार्टर्ड बैंक  ८.४२ 
राष्ट्रिय वाणिज्य बैंक ८.७
नेपाल बैंक लिमिटेड ९.१९
सिद्धार्थ बैंक लिमिटेड ९.५३
नबिल बैंक ९.५८
एभरेष्ट बैंक ९.७
सानिमा बैंक ९.७५
एनएमबी बैंक ९.८५
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ९.९५
१० माछापुच्छ्रे बैंक १०.०१
११ प्रभु बैंक १०.०४
१२ ग्लोबल आइएमई बैंक १०.०७

स्रोतः इन्भेस्टोपेपर 

आय र व्ययको अनुपात घटाउनेः

बैंकहरूले कर्जा प्रवाह गर्दा आय र व्ययलाई मुख्य आधार मान्ने गर्छन् । बैंकबाट कर्जा प्रवाह हुन खर्चबाहेकको आम्दानी कर्जाको रकमभन्दा झन्डै दोब्बर नै हुनुपर्छ । तसर्थ, आजैदेखि आम्दानीको खर्चका लागि वित्तिय योजना बनाइ आय र व्ययको तालमेल मिलाई अघि बढ्नु राम्रो हुन्छ ।

बजारको बारेमा जानकार रहनेः 

कुन क्षेत्रमा कति मूल्य चलेको छ, बैंकको घरकर्जा ब्याजदर र करसम्बन्धी घरजग्गा बजारको समग्र अवस्थाबारे जानकारी राख्नुपर्छ । सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास समितिले तोकेको क्षेत्र, प्रयोजन र मूल्यबारे  जानकार हुनुपर्छ । जसले घरको उपयुक्त मूल्य थाहा हुन्छ र झमेला फस्ने खतरा कम हुन्छ । साथै, समय समयमा परिवर्तन भइरहने नेपाल सरकारले घरजग्गा सम्बन्धी कानुनका बारेमा पनि जानकारी लिइराख्नुपर्छ । 

उपयुक्त प्रपर्टी पत्ता लगाउनेः

बजार अवस्थाको बारेमा जानकारी राखेमा उपयुक्त प्रपर्टी पहिल्याउन सहज हुन्छ । साथै तपाईंको रोजाइको क्षेत्र र जीवनशैलीको प्रकारअनुसारका क्षेत्र छनोट गर्नुपर्ने हुन्छ । साथै घरजग्गा किनबेच गर्ने लाइसेन्स प्राप्त कम्पनीको वेबसाइटबाट प्रपर्टीहरू छनोट गर्ने तथा ओपन हाउस कार्यक्रममा सहभागी भएर पनि उपयुक्त घर छनोट गर्न सकिन्छ । 

ऋण लिनसक्ने क्षमता वृद्धि गर्नेः 

नेपालमा सबै किसिमका व्यवसाय सञ्चालन तथा घरजग्गा खरिद गर्न बैंकबाट कर्जा लिन सकिन्छ । बैंकले ऋण दिनुअघि तपाईंको आम्दानीको स्रोत र स्पष्ट बैंकिङ कारोबार हेर्छ । र किस्ता  तिर्नसक्ने क्षमताका आधारमा ऋण उपलब्ध गराउँछ । तसर्थ, भविष्यमा घर किन्नका लागि आजैबाट आम्दानी बढाएर ऋण लिनसक्ने क्षमता पनि बढाउनुहोला । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It