News

१ करोडको लगानी सहित गाभर भ्यालीमा चक्रपथ निर्माण हुँदै, 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बाँकेको प्रमुख पर्यटकीय क्षेत्र गाभरमा चक्रपथ निर्माण हुने भएको छ । गाभर भ्यालीमा पर्यटन प्रर्वद्धन गर्न च्यामा र चिसापानी जोड्ने गरि चक्रपथ निर्माण गर्न लागिएको हो ।  

गाभर उपत्यकालाई चारैतिरबाट समेट्ने गरी करिब १० किलोमिटर क्षेत्रमा चक्रपथ निर्माण कार्य अघि बढाइएको बैजनाथ गाउँपालिका १ चिसापानीका वडा अध्यक्ष रुप बहादुर मल्लले बताएका छन् । हाल ट्रयाक खोल्ने काम भइरहेको सो क्षेत्रमा करिब २ किलोमिटर क्षेत्रमा ट्रयाक निर्माणको काम बाँकी छ ।  बसोबाससँग कुरा गर्दै मल्लले सो क्षेत्रमा कल्भर्ट निर्माण भइरहेको जानकारी दिए । 

बहुवर्षीय योजना अन्तरगत राखिएको चक्रपथ निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय र लुम्बिनी प्रदेश सरकारबाट १ करोड रुपैयाँ प्रारम्भिक बजेट छुट्याइएको छ । ‘बजेटले भ्याएसम्म यस वर्ष काम अघि बढाइने छ, भने बाँकी कार्यलाई अघिल्ला वर्षहरूमा प्राथामिकतामा राखेर काम अघि बढाइने छ’ उनले भने ।  

सडक निर्माण सम्पन्न भएपछि पदयात्राका लागि समेत सहज हुने स्थानीयवासीको अपेक्षा छ । गाभरमा रहेको लायन्स पार्क तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय बाँके, बर्दिया र सुर्खेत लगायतका जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको छ । 

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । चारैतिर घना जंगलले घेरिएको गाभर भ्याली अध्ययन अनुसन्धानका लागि समेत उपयुक्त भएको गन्तव्य बनेको छ । 

यहाँबाट चुरे पर्वतको मनोरम दृश्य देख्न सकिन्छ । पर्यटक आकर्षणको केन्द्रबिन्दु रहेको गाभर भ्यालीमा आन्तरिक पर्यटकका साथै भारत, स्विट्जरल्याण्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्याण्ड, बहराइनलगायतका विभिन्न मुलुकबाट भ्रमणका लागि आउने गरेका छन् ।आ

प्रतिक्रिया दिनुहोस्
Pin It