News

बाढीले बेनी–जोमसोम सडक अवरुद्ध

Pinterest LinkedIn Tumblr

काठमाडौं । म्याग्दीमा बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । मंगलबार रातिको बाढीले अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल बगाएपछि सडक अवरुद्ध भएको हो ।

पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत अवरुद्ध छ । बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । 

बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको छ । 

यसअघि जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायी रूपमा खोला वारपार गर्ने गरिएको थियो । तर पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो ।

७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It