Finance

राष्ट्र बैंकको लचिलो नीतिले घरजग्गा कारोबार  चलायमान  होला त !

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष घरजग्गा क्षेत्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउने  तयारी गरेको छ । कर्जामा कडाई गरेपछि घर जग्गाको मूल्य अत्यधिक बढेको भन्दै  केही लचक नीति लिने तयारी गरेको हो ।

घरजग्गा कारोबारमा मन्दी छाउँदा अर्थतन्त्रका साथै निर्माण क्षेत्र समेत चलायमान हुन नसकेको निष्कर्ष निकाल्दै बैंकले घरजग्गा क्षेत्रलाई खुकुलो बनाउने निर्णयमा पुगेको हो ।

हाल केन्द्रिय बैंकले घरजग्गा कारोबारमा जाने कर्जाको लोन टु भ्यालु रेसियोलाई घटाएर उपत्यकाभित्र ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत कायम गरेको छ ।

केन्द्रिय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट लोन टु भ्यालु रेसियोलाई केहि बढाउने तयारी गरेको केन्द्रिय बैंकले जनाएको छ । मौद्रिक नीतिबाट काठमाडौं उपत्यकामा लोन टु भ्यालु रेसियो ४० प्रतिशत पुर्याउने केन्द्रिय बैंकको तयारी छ ।

अर्कोतर्फ यस क्षेत्रमा जाने कर्जाको जोखिम भारित औसत समेत १५० प्रतिशत पुर्याएको छ । यसले गर्दा जग्गाको कारोबारमा जाने कर्जामा कमी आएको छ ।

घरजग्गा व्यवसायीहरूले रियल इस्टेट कम्पनीहरूलाई  लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन माग गरेका छन् । हाल उद्देश्य नखुलेकाहरूको हकमा लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यका भित्र ३० र बाहिरको हकमा ४० प्रतिशत छ । यसलाई बढाउनुपर्ने माग व्यवसायीको छ ।

यस्तै घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा जाने कर्जा घटाउन लोन टु भ्यालु रेसियोलाई घटाएको थियो भने जोखिम भार समेत बढाएको थियो ।

घरजग्गामा जाने कर्जामा केन्द्रिय बैंकले कडाइ गरेपनि चालु आर्थिक वर्षको ११ महिनामा रियलस्टेट क्षेत्रमा जाने कर्जा ७.९ प्रतिशतले बढेको छ । 

त्यस्तै, जग्गा खरिद र प्लटिङको लागि जाने कर्जा मात्रै २० प्रतिशतले बढेको केन्द्रिय बैंकको तथ्याङ्कले देखाउँछ । 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा  रियलस्टेट क्षेत्रमा जाने कर्जा ३६ अर्ब २१ करोड रुपैयाँ रहेको छ । भने आर्थिक वर्षको जेठसम्ममा ४३ अर्ब ४६ करोड पुगेको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It