Lifestyle

एसियाका पाँच रहस्यमय शहरः जहाँ छ होसै उडाउने चालचलन

Pinterest LinkedIn Tumblr

काठमाडौं । संसारभर शहरीकरण प्रतिको मोह बढ्दो छ । भौतिक पूर्वाधार, सांस्कृतिक पहिचान र बनावटलगायतका कारण शहरहरूको पृथकता झल्किन्छ । दुनियाँमा केही शहरहरू यस्ता पनि छन्, जसको बारेमा हरेक सामान्य व्यक्तिलाई लाग्छ, यस्तो कसरी सम्भव छ !

आज हामी एसियाका पाँच अनौठा शहरहरूको संक्षिप्त चर्चा गर्दैछौं ।

१. केभ ड्वेलर्स चीन (Cave dwellers, china) 

एसियाका पाँच अनौठा शहरः सामान्य व्यक्तिलाई लाग्छ, यस्तो कसरी सम्भव छ !

चीनमा आजपनि यस्तो स्थान छ जहाँ करोडौं मानिसहरू गुफामा बस्छन् । उत्तरी चीनमा अवस्थित केभ ड्वेलर्स गाउँमा धनी गरिब सबै मानिस गुफामा नै बस्ने गर्दछन् । धनी मानिसहरू यी गुफामा पनि विलासी जीवन बिताउँछन् । गुफामा एसी, रेफ्रिजेरेटर, टिभी जस्ता सम्पूर्ण सुविधाहरू उपलब्ध छन् । यहाँका धेरै गुफाहरूलाई रिसोर्ट र होटलहरू बनाइएको छ । 

२. थेम्स टाउन, चीन (thames town china)

एसियाका पाँच अनौठा शहरः सामान्य व्यक्तिलाई लाग्छ, यस्तो कसरी सम्भव छ !

चीनको सोङ्जियाङ जिल्लाको सांघाई (Songjiang district in Shanghai) मा लन्डन शहरको हुबहु नक्कल गरि शहर निर्माण गरिएको छ । यहाँका घर, सडक, टेलिफोन बुथ, गल्ली, पार्क सबै कुरा लन्डन शहरमा जस्तै छन् । र शहरको नाम समेत ब्रिटेनको थेम्स नदिको नामबाट राखिएको छ ।

३. ओरोभिल, भारत 

एसियाका पाँच अनौठा शहरः सामान्य व्यक्तिलाई लाग्छ, यस्तो कसरी सम्भव छ !

भारतमा ‘अरोभिल’ नामक सहर जहाँ न धर्म छ, न सरकार छ,  न पैसाको आवश्यकता पर्छ, । यहाँ न त मन्दिर छ न त कुनै देवताको तस्बिर वा मूर्ति भेटिन्छ । चेन्नाईबाट करिब १५० किलोमिटरको दूरीमा अवस्थित यस शहरमा धर्मसँग जोडिएका कुनैपनि भगवानको पूजा हुँदैन । अपराधको दर शून्य रहेको यो शहरमा जो कोही आएर बस्न सक्छन् । यस ठाउँका बासिन्दाहरूमा आध्यात्मिकताप्रति विशेष झुकाव छ । योग गर्न रुचाउने उनीहरू आफ्नो समुदाय वा शहरको लागि आफूलाई मनपर्ने काम गर्छन् । शहरको बीचमा झट्ट हेर्दा आधुनिक मन्दिर जस्तो देखिने एउटा सुन्दर संरचना निर्माण गरिएको छ । यहाँ संसारभरबाट मानिसहरू आइ योग तथा ध्यान गर्दछन् । शान्ति र प्रगतिशील सद्भावमा, जातीय बाधा बिना, राजनीति र सबै राष्ट्रियताभन्दा माथि उठेर बस्ने यहाँका वासिन्दाले कुनै प्रकारको सम्पत्तिमा हकदाबी गर्दैनन् भन्ने पनि गरिन्छ । यहाँ धेरैजसो वस्तु निःशुल्क छ । पैसाको कारोबार ओरोभिल भन्दा बाहिरबाट सामान आयात वा निर्यात गर्नुपरेमा मात्र हुने गर्दछ । यो सहरमा करिब ५० देशका मानिस बसोबास गर्छन् र यहाँको जनसंख्या २५ हजारको हाराहारीमा छ । यो क्षेत्रलाई त्यहाँका मानिस ‘ह्युमन एक्सपेरिमेन्ट’ मानव प्रयोग भन्ने गर्दछन् । यस शहरमा मानिसहरू कुनै भेदभाव बिना बस्न सकुन् भन्ने यो शहरको उद्देश्य हो । 

४. द मास्क सिटी, जापान 

एसियाका पाँच अनौठा शहरः सामान्य व्यक्तिलाई लाग्छ, यस्तो कसरी सम्भव छ !

जापानको ‘मियाकिजिमा’ नामक शहरमा मास्क लगाउनु अनिवार्य छ । यो शहरको जनसंख्या निकै कम छ । शहर वरपर धेरैपटक ज्वालामुखी विस्फोट भएको छ । यो शहरमा सन् २००० मा विस्फोटका कारण विषालु ग्यास निस्केका कारण यस क्षेत्रमा बस्न रोक लगाइएको थियो । तर केही समयपछि सो क्षेत्रमा मानिसहरूलाई बस्न अनुमति दिइयो । तर अझै पनि विषालु ग्यासको जोखिम रहेकाले यहाँ मानिसहरू सँधै मास्क लगाएर बस्छन् ।  

५. उमोजा नर्थ केन्या (Umoja north kenya) 

एसियाका पाँच अनौठा शहरः सामान्य व्यक्तिलाई लाग्छ, यस्तो कसरी सम्भव छ !

उत्तरी केन्यामा एउटा यस्तो बस्ती छ जहाँ महिला मात्र बस्ने गर्छन् । यो बस्तीमा पुरूषहरूलाई प्रवेश गर्न दिइँदैन । सन् १९९० अघि यो बस्तीमा पुरूषहरू पनि रहने गर्थे । पुरूषहरूले महिलाहरूमाथि निकै अत्याचार गर्ने गर्दथे । महिलाहरूका लागि कुनै अधिकार थिएन । बालिकाहरूको वृद्धसँग विवाह गराइन्थ्यो । त्यसबाट पीडित भएर केही महिलाहरूले यो बस्ती बसाएका थिए । हाल यो बस्तीमा थुप्रै महिलाहरू बसोबास गर्छन् । यहाँका महिलाहरूको आम्दानीको स्रोत गरगहना बनाउनु हो । यहाँ बनेको गरगहना संसारभर बिक्री हुने गर्छ । यसबाहेक यहाँका महिलाहरू पशुपालन र खेतीपाती पनि गर्छन् । 

६. किङ्डम अफ लिटल पिपल  (Kingdom of the Little People)

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

चीनको सिचुवान प्रान्तमा अवस्थित याङ्सी गाउँमा अधिकांश मानिसको उचाइ २ फिट १ इन्चदेखि ३ फिट १० इन्चसम्म रहेको छ । यो गाउँले छोटो कद भएको मानिस बस्ने गाउँको पहिचान पाएको छ । यो गाउँलाई श्रापित गाउँ पनि भन्ने गरिन्छ । यो गाउँमा जन्मिएका बालबालिका ५ देखि ७ वर्षको उमेरसम्म सामान्य रूपमा बढ्छन् तर त्यसपछि उचाइ रोकिन्छन् । भने केही व्यक्तिको लम्बाइ १० वर्षको उमेर सम्म बढ्छ । उनीहरूको लम्बाइ २ फिट देखि ३ फिट १० इन्च मात्र रहन्छ । यो गाउँमा बस्ने मानिसहरू होचा हुनुको रहस्य वैज्ञानिकहरूले आजसम्म पनि पत्ता लगाउन सकेका छैनन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It