Development

नेपालकै पहिलो ‘लिफ्टसहितको आकाशे पुल’ निर्माण सुरु

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुर महानगरपालिकाले नेपालमै पहिलो पटक लिफ्टसहितको अपाङ्‍गतामैत्री आकाशे पुल निर्माण सुरु गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरेसँगै कुसुन्तीमा आकाशे पुलको निर्माण सुरु भएको हो । 

पुल शिलान्यासका क्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए । यो पुल बालबालिका, ज्येष्ठ नागरिक लगायतको सहजता लागि उपयोगी हुने उनको भनाइ छ ।  

पुल निर्माणका लागि ठेकेदार कम्पनी लामा प्रगति–मनी बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँ लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । 

आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना हुने गरेकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले सडक विभागसँग यस ठाउँमा पुल निर्माण अनुमति मागेको थियो । 

विभागले गत भदौमा एक वर्षभित्र निर्माण गरिसक्नेगरी महानगरलाई पुल निर्माणको स्वीकृति दिएको थियो ।

यो पुल निर्माण भएसँगै सडक दुर्घटनाको जोखिम न्यून गर्ने दाबी गरिएको छ । यो पुलले यात्रुलाई सडक सुरक्षाको प्रत्याभूति दिनुका साथै सहरको सौन्दर्यीकरणमा समेत सहयोग पुग्ने बताइएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It