Property

डाउनटाउन प्रपर्टी सेल्स इभेन्टः पहिलो दिनमै २७ परिवारले गरे प्रत्यक्ष अवलोकन

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास नेपाल र डाउनटाउन रेसिडेन्सीको संयुक्त प्रतिनिधित्व रहेको प्रपर्टी सेल्स इभेन्टको पहिलो दिन सफल देखिएको छ । पहिलो दिन घरजग्गा खरिदमा इच्छुक २७ परिवारका सदस्यहरूले इभेन्टको अवलोकन गरेका छन् ।

सेवाग्राहीहरूले भविष्यमा हाउजिङभित्रका घरमा बस्न इच्छा देखाएको आयोजक पक्षले जनाएको छ । फागुन २६ गते सुरु भएको यो इभेन्ट २८ गते सम्म चल्नेछ ।

इभेन्टमा डाउनटाउन रेसिडेन्सीका प्रपर्टी प्लटहरूको प्रत्यक्ष साइट भिजिट गराइदैछ । 

धापाखेल, नागदह नजिकैको रेसिडेन्सीमा चलिरहेको इभेन्ट प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चल्छ ।

यो पनि पढ्नुहोस्ः ‘मध्यम वर्गीय परिवारका लागि’ सुविधासम्पन्न हाउजिङ

कार्यक्रममा ‘डाउनटाउन हाउजिङमा उपलब्ध हुने सेवासुविधा, निर्माण हुने घरहरूको डिजाइन र प्लटहरूको बारेमा विस्तृत जानकारी गराइदैछ ।

साथै इभेन्टमा सहभागी भइ घर तथा जग्गाको बुकिङ गर्दा २२ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।१ सय ३ रोपनी क्षेत्रफलमा जग्गामा फैलिएको यस हाउजिङमा २ सय भन्दा बढि घरहरू निर्माण हुनेछन् ।

‘डाउनटाउन प्रपर्टी सेल्स इभेन्ट’सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
Pin It