Lifestyle

घरलाई आगलागी हुनबाट कसरी जोगाउने ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । सुक्खा र हावाहुरी चल्ने याममा आगलागीका धेरैजसो घटनाहरू घट्ने गर्छन् । यस्तो याममा सानो आगोको झिल्कोबाट भीषण आगलागी हुने खतरा हुन्छ । यो समयमा आगोजन्य चिजहरू प्रयोग गर्दा होसियार हुन आवश्यक छ । अन्यथा ठूलोमात्रामा धनजनको क्षति ब्यहोर्नु पर्ने हुन्छ । कुरा गरौं, आगलागीका कारण र रोकथामका उपायहरूको बारेमाः

कस्तो अवस्थामा आगलागी हुन्छ ?

  1. बिजुलीको तार सर्ट हुँदा,
  2. खाना पकाउने ग्यास लिक भई आगो लाग्दा,
  3. एक स्थानमा बालेको आगो अन्यत्र सल्किँदा
  4. सलाई, लाइटरको लापरबाहीपूर्ण प्रयोग गर्दा,
  5. लामखुट्टे धपाउन भुस बाल्दा,
  6. सवारी साधनमा अचानक आगो लाग्दा,
  7. धान/गहुँ झार्न थ्रेसरको प्रयोग गर्दा,
  8. चट्याङ पर्दा, इत्यादि ।
आगलागी रोकथामका उपायहरू

हामीले सतर्कता र सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै कुनै बेला आगलागी हुन सक्दछ । यस्तो अवस्थामा आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १००, दमकल सेवा १०१ तथा स्थानीय प्रहरीहरूलाई जानकारी गराउनु पर्दछ । यसबाहेक आगलागी रोकथामका लागि निम्नानुसारका उपायहरू अपनाउन सकिन्छ-

आगोका मुख्य स्रोतहरूको सुरक्षित प्रयोगः

आगलागी हुन नदिन आगोका मुख्य स्रोतहरूको सुरक्षित प्रयोग गर्नुपर्छ । र यस्ता वस्तु बालबालिकाले भेट्ने ठाउँमा राख्नु हुँदैन । बल्दै गरेको मैनबत्ती हिटर चुल्हो जस्ता आगो सल्किइरहेका वस्तुहरू निभाएर मात्र छाड्नुपर्छ । 

विद्युतिय सामग्रीको सुरक्षित प्रयोगः

आजभोलि विद्युतीय सामग्रीहरूका कारण धेरै आगलागीको घटना हुने गरेको छ । त्यसैले घरमा भएका विद्युत उपकरणहरू, तार, स्विच, एक्सटेन्सन कर्ड सही अवस्थामा छ/छैन नियमित जाँच गर्नुपर्छ । 

स्मोक डिटेक्टरको अनिवार्य प्रयोगः 

हरेक घरमा प्रत्येक तलामा कम्तिमा एउटा धुवाँ पत्ता लगाउँने यन्त्र स्मोक डिटेक्टर जडान गर्नुपर्छ । स्मोक डिटेक्टरले आगो लाग्दा सूचना दिन्छ । 

फायर इक्सटिङ्ग्विसरको अनिवार्य प्रयोगः 

यो आगो निभाउने एक प्रकारको मेकानिकल यन्त्र हो । यसले आगलागीको सुरुवाती अवस्थालाई  नियन्त्रण गरी जन–धनको थप क्षति हुनबाट रोक्न सकिन्छ । 

नेपाल प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा १० हजार आगलागीका घटनाहरू भएका छन् । ती घटनामा ३ सय ५ जनाको मृत्यु र १ हजार ५ सय ७७ जना घाइते भएका छन् । यस अवधिमा ५ हजार ६ सय ७० घर, ६ सय ९१ चौपाया र १ हजार सात सय ५१ गोठ जलेर नष्ट भएका छन् । आ.व. २०७३/०७४ मा १ हजार ५ सय ४१, २०७४/०७५ मा १ हजार ७ सय ९२, २०७५/०७६ मा २ हजार ३ सय ३९, २०७६/०७७ मा २ हजार ८ सय ५३ र २०७७/०७८ मा २ हजार ८ सय ५३ आगलागीका घटनाहरू भएका छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It