News

आयोजनाको म्याद नथपे निर्माण कार्य ठप्प पार्ने महासंघको चेतावनी

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले असार ४ भित्रमा आयोजनाको म्याद थप नभए काम ठप्प पार्ने चेतावनी दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले म्याद थपको निर्णय नभए सबै आयोजनाको काम ठप्प गर्ने चेतावनी दिएको हो ।  

विगत लामो समयदेखि व्यवसायीहरूले म्याद थपको माग राख्दै आएका थिए । यद्यपि नयाँ बजेटले समेत माग सम्बोधन नगरेकोमा महासंघले आपत्ति जनाएको छ । 

अब पनि आफूहरूको माग सम्बोधन नभए सबै इजाजतपत्र राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने महासंघको चेतावनी छ ।

निर्माण व्यवसायीले राज्यबाट ७० अर्ब लिन बाँकी रहेको महासंघले जनाएको छ । राज्यबाट रकम भुक्तानी नहुनु, मूल्यवृद्धिका कारण सप्लाई चेन अस्तव्यस्त हुनु र बैंकहरूबाट ऋण उपलब्ध नभएकाले हाल करीब ३ हजार भन्दा बढी आयोजनाहरूको म्याद थप गर्नुपर्ने महासंघको अनुमान छ ।

ती आयोजनाको म्याद थप नभए योजनाहरू अलपत्र गर्ने र नेपाल सरकारलाई नै आर्थिक भार बढ्ने हुन्छ । सोहिकारण आयोजनाहरूको म्याद थप बापत हर्जाना नलाग्ने गरी कार्य तालिका तयार गरी मूल्य समायोजनसहित एकमुष्ट रुपमा २०८१ असार मसान्तसम्म म्याद थप गरिनुपर्ने महासंघको माग छ । 

उक्त अवधिभित्र कार्यतालिका बमोजिम कार्य सम्पन्न नहुने आयोजनाहरूको ठेक्का सम्झौता सुविस्ताको आधारमा अन्त्य गरिनुपर्ने उनीहरूको माग छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It