Market

नेपालमै पहिलोपटक सेवाग्राहीको समयानुकूल प्रपर्टि भ्रमण गराइँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबासले नेपालमै पहिलोपटक ‘एक्स्क्लुसिभ प्रपर्टि भिजिट’ सुरु गर्ने भएको छ । सेवाग्राही बुढानीलकण्ठ क्षेत्रका विभिन्न प्रपर्टि लगायत रोजभिल्ला लक्षित यो कार्यक्रम यही भाद्र ३ गते देखि १२ गतेसम्म चल्नेछ ।

यस अवधिमा रोजभिल्लाका 3 – 5 BHK सम्मका ६ वटा घरहरूको भिजिट गराइनेछ । भिल्लाका घरहरूको मूल्य ३ करोड ७५ लाखदेखि ४ करोड ६५ लाखसम्म तोकिएको छ । यद्यपि यस अवधिमा भिल्लाका घर बुकिङ तथा खरिद गर्ने सेवाग्राहीले १० प्रतिशतसम्म छुट पाउनेछन् ।

स्थापनाकाल देखि नै विभिन्न समयमा ओपन हाउस तथा प्रपर्टि भिजिट कार्यक्रम गर्दै आएको कम्पनीले यसपटक नयाँ ढंगले प्रपर्टि भिजिट गराउन लागेको जनाएको छ ।

यसपटकको प्रपर्टि भिजिट कार्यक्रम अपरान्ह ४ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म चल्नेछ । यो समय घरहरूको भिजिटमा सेवाग्राहीलाई समय व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । जहाँ सेवाग्राहीको समयानुकूल बसोबास एजेन्टको उपस्थितिमा प्रपर्टि अवलोकन गराइनेछ ।

थप जानकारीका लागि ९८०१०३८८३५, ९८०२३४७२६८, र ९८०१०३८८५१ मा सम्पर्क  गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It