News

सरकारी जग्गामा शिक्षामन्त्री राईको निजी स्कुल

Pinterest LinkedIn Tumblr

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको निजी स्कुल स्वप्न वाटिका (एसभी) एकेडेमीले सरकारी जग्गा हडपेको खुलेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १० बुद्धनगरमा सञ्चालित एसभी एकेडेमीले आधा रोपनी बढी सरकारी जग्गा हडपेको पाइएको हो ।

सरकारी बाटो र जग्गा नै कब्जा गरेर शिक्षामन्त्री राईको निजी स्कुलले रजाईं गरिरहेको खुलासा भएको हो ।

शिक्षामन्त्री श्रीमती एवं जसपा नेपालकी सांसद शुशिला श्रेष्ठको नाममा रहेको जग्गामा आवासीय प्रयोजनका लागि भवन निर्माण गरेर स्कुल चलाइरहेको तथ्य समेत बाहिरिएको छ ।

त्यस्तै ४ तले भवनको नक्सापास गराएर ६ तले भवन समेत निर्माण गरेको तथ्य समेत प्राइम टाइम टेलिभिजनबाट प्रसारण हुने एक कार्यक्रमले सार्वजनिक गरेको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It