Dictionary

कस्तो हुन्छ डुप्लेक्स घर? यी हुन् जान्नै पर्ने कुराहरू 

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय डेभलपर कम्पनीहरूले धेरै युनिट घर तथा अपार्टमेन्ट निर्माणमा केहि युनिट डुप्लेक्स सिस्टमका घरहरू बनाइरहेका छन् । तर डुप्लेक्स सिस्टम केहो र घर ठ्याक्कै कस्तो हुन्छ भन्ने थाहा नहुँदा डुप्लेक्सप्रति आम सर्वसाधारणको खासै चासो देखिदैन । आज हामी डुप्लेक्स घरका प्रकार र फाइदाबारे चर्चा गर्दैछौं । 

डुप्लेक्स हाउस के हो? 

डुप्लेक्स हाउस वा अपार्टमेन्ट एउटा परिवारलाई ठिक्क हुने गरी डिजाइन गरिएको हुन्छ । डुप्लेक्स सिस्टमका घरमा दुईवटा तला हुन्छन् । भान्छाकोठा र बेडरूम कमन एरिया रहने घरको माथिल्लो तलामा जानको लागि भित्री-भर्‍याङ बनाइएको हुन्छ । यस्ता अन्य घर तथा अपार्टमेन्टको तुलनामा गोपनिय, फराकिलो र सुरक्षित मानिन्छ । 

Duplex houseडुप्लेक्स हाउसका प्रकारहरू

डुप्लेक्स हाउसको अवधारणा र विशेषता देशअनुसार फरक छन् । यी हुन्, नेपाल र भारत लगायतका दक्षिण एशियाली मुलुकका डुप्लेक्स हाउसहरूः

१. ग्राउन्ड डुप्लेक्स हाउस

यस प्रकारको डुप्लेक्स हाउसको भुँई तल्लामा कमन एरिया, एउटा बेडरुम, बाथरूम र बगैँचा बनाइएको हुन्छ । भान्छाकोठा बाँकी कोठाहरू माथिल्लो तल्लामा हुन्छ । यसप्रकारको हाउस घरपालुवा जनावरहरू पाल्न चाहनेहरूका लागि उपयुक्त हुन्छ । 

Duplex house

२. स्ट्यान्डर्ड डुप्लेक्स हाउस

स्ट्यान्डर्ड डुप्लेक्स घरको भुईं तलामा प्रायः एउटा भान्छा र बैठक कोठा हुन्छ । माथिल्लो तल्लामा दुईवटा बेडरूम वा बच्चाहरूको कोठासहित एकल बेडरूम हुन्छ । यस प्रकारको डुप्लेक्स घर हेर्दा निकै आकर्षक देखिन्छ । 

Grandy duplex ३. Low-rise Duplex

अन्य डुप्लेक्सको तुलनामा लो रेइज डुप्लेक्स घर सानो हुन्छ । प्रायः युरोप अमेरिकातिर हुने यस्ता डुप्लेक्स हाउसमा दुई अलग–अलग घर हुन्छन् । जसमा प्रवेशद्वार र भान्छाकोठा पनि छुट्टाछुट्टै हुन्छन् । यस्ता घर प्रायः एउटामा आफू बसेर अर्को भाडामा दिने उद्देश्यले बनाइएका हुन्छन् ।

Low-rise Duplexसामान्यतया डुप्लेक्स घरहरू दुई तलाको मात्रै हुन्छन् । तीन तलाको छ भने ट्रिप्लेक्स र धेरै फ्लोरहरू छन् भने, मल्टिप्लेक्सको रूपमा वर्गीकृत गरिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It