News

ललितपुरमा सहकारीको गैरबैंकिङ घरजग्गा बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । सप्तगण्डकी बचत तथा ऋण सहकारी संस्थाले गैरबैंकिङ सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । 

सहकारीले ललितपुरको दर्ता कायम भएको घरजग्गा लिलाम बिक्री गर्ने भएको हो । 

सैबु ९ स्थित कित्ता नम्बर २६० को ०-४-०-० क्षेत्रफलको जग्गाले चर्चेको सम्पूर्ण संरचना लिलाम बिक्रीका लागि सूचना जारी गरेको छ ।

उक्त गैरबैंकिङ सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति तथा फर्म र कम्पनी तथा संघ संस्थाहरूले जेठ २८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

गैरबैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने जनाइएको छ । 

प्राप्त बोलपत्रहरू जेठ २९ गते सहकारी संस्थाको केन्द्रिय कार्यालय भिमसेनगोलामा खोलिने छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It