News

राति ८ बजेपछि मात्रै निर्माणसम्बन्धी काम गर्न महानगरको निर्देशन

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको निर्माण र मर्मत सम्भारका काम राति ८ बजेपछि मात्रै गर्न निर्देशन दिएको छ । 

महानगरले सोमबार सार्वजनिक सूचना जारी गर्दै सडकमा सवारी आवागमन सहज बनाउन सहरभित्रका सार्वजनिक तथा निजी पूर्वाधार निर्माण तथा मर्मत सम्भार गर्न र राति ८ बजेपछि मात्रै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको हो । भवन निर्माणका क्रममा सडकमा धुलो र निर्माण सामग्रीका टुक्रा नपर्ने व्यवस्था मिलाउन महानगरपालिकाले आग्रह गरेको छ । 

सूचनामा उल्लेख भए बमोजिम कारबाही नगरे कानून बमोजिम जरिवाना गर्ने चेतावनी समेत महानगरले दिएको छ । 

सूचना

प्रतिक्रिया दिनुहोस्
Pin It