Development

नारायणीमा सिग्नेचर पुल बनाउने जिम्मा तुँदी कन्स्ट्रक्सनलाई

Pinterest LinkedIn Tumblr

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणी नदीमा एडभान्स टेक्नोलोजीसहित निर्माण हुन लागेको बन्ने सिग्नेचर ब्रिजको ठेक्का तुँदी कन्स्ट्रक्सन पाउने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखाले वैशाख ११ मा तुँदी कन्स्ट्रक्सनका नाममा आशयपत्र जारी गर्दै निर्माणको जिम्मा दिएको हो । 

पुल महाशाखाले आह्वान गरेको ठेक्का प्रक्रियामा अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सनको आवेदन परेको थियो । जसमध्ये प्राविधिक र आर्थिक रूपमा तुँदी उपयुक्त देखिएको महाशाखाले जनाएको छ । 

महाशाखाले जारी गरेको आशयपत्रको म्याद सात दिनको हुन्छ । सात दिनभित्र तुँदी कम्पनीको नाममा कसैले उजुरी नगरे महाशाखा र निर्माण कम्पनीबीच निर्माणका लागि ठेक्का सम्झौता हुन्छ । 

ठेक्का सम्झौता भएको तीन महिनाभित्र पुलको डिजाइन महाशाखामा पेस गर्नुपर्ने हुन्छ । निर्माण कम्पनीले पेस गरेको पुलको डिजाइन महाशाखाले नौ महिनाभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था छ । सम्झौता भएको मितिबाट ४ वर्षभित्र पुल निर्माण सक्नुपर्छ । 

यसरी हेर्दा २०८१ जेठबाट नारायणीमा सिग्नेचर ब्रिज निर्माण सुरु हुने देखिन्छ । ४ सय २० मिटर लामो उक्त पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गर्ने महाशाखाले जनाएको छ । 

महाशाखाले ठेक्का सम्झौता गरेर डिजाइनदेखि निर्माणसम्मको सबै काम निर्माण व्यवसायीलाई दिनेछ । र निर्माण कम्पनीले सम्झौता भएको ३ महिनाभित्र पुलको डिजाइन महाशाखामा पेस गर्नुपर्ने हुन्छ । निर्माण कम्पनीले पेस गरेको पुलको डिजाइन महाशाखाले नौ महिनाभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था छ । 

नेपालमा निर्माण भएका अन्य पुलभन्दा बढी लागमा निर्माण हुन लागेको उक्त पुल वास्तविक सिग्नेचर ब्रिज नभई  सिग्नेचरजस्तै हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It