Property

व्यवसायिक प्रयोजनका ‘उत्कृष्ट अफिस स्पेसहरू’ भाडामा

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज स्टार्टअप/व्यवसायका लागि उपयुक्त अफिस स्पेस भेट्न सजिलो छैन । कहिले सडक, पानी या बत्तीको समस्या हुन्छ, त कहिले खोजेको क्षेत्रमा स्पेस पाउनै गाह्रो हुन्छ । यस्तोमा तपाईंले basobaas.com बाट आफूले खोजेजस्तै प्रपर्टिको पहुँच प्राप्त गर्न सक्नुहुन्छ ।

बसोबासमा उपलब्ध उत्कृष्ट ११ व्यवसायिक स्पेस र प्रपर्टिको लिंक/विवरण तल राखिएको छः

१. झम्सिखेलस्थित व्यवसायिक स्पेस

 https://basobaas.com/property/office-space-for-rent-in-jhamsikhel-12585

ठाडोढुङ्गा झम्सिखेलस्थित व्यवसायिक स्पेस भाडाका लागि उपलब्ध छ । स्पेस रहेको घर ५ आना जग्गामा बनेको छ । जहाँ १३ फिटको कालोपत्रे सडकको पहुँच छ । उत्तर पश्चिम मोहडा भएको यस घरमा 2BHK स्पेस भाडाका लागि पाउनुहुनेछ । फराकिलो सुन्दर बगैंचा र दुईवटा कारका साथमा केही बाइक अट्ने पार्किङ स्पेस छ । यातायातको सहज पहुँच र भीआईपी व्यावसायिक क्षेत्र भएकाले यो स्पेस व्यवसायिक तथा आवासीय दुवै प्रयोजनका लागि उपयुक्त हुन्छ । स्पेसको भाडा प्रतिमहिना ५५ हजार तोकिएको छ ।

२. बानेश्वरको नयाँ व्यवसायिक भवन 

https://basobaas.com/property/office-space-for-rent-in-baneshwor-12582

बानेश्वर, काठमाडौँस्थित निर्माणाधीन व्यवसायिक भवन २० आना जग्गामा बनेको छ । जससँग २४ फिटको कालोपत्र गरिएको सडक जोडिएको छ । आठ तले भवनको प्रत्येक तल्लामा २४०० देखि ३९०० वर्ग फिट सम्म स्पेस उपलब्ध । १५ जना सम्मको क्षमता भएको लिफ्ट, आकस्मिक डोर लगायत अन्य अत्यावश्यक सुविधाहरू उपलब्ध छ । डबल बेसमेन्ट पार्किङमा २० भन्दा बढी गाडी पार्किङ गर्न सकिन्छ । आईटी कम्पनी वा सोरुम या अन्य व्यवसायिक प्रयोजनका लागि उपयुक्त यस भवनमा ५ औं तल्ला मात्र भाडाका लागि उपलब्ध छ ।

३. महालक्ष्मी बिजनेस टावर

https://basobaas.com/premium/office-space-for-rent-in-mahalaxmisthan-12574

ललितपुरको महालक्ष्मीस्थानमा रहेको यो व्यवसायिक स्पेसको टावर २१ आना जग्गामा बनेको छ । जससँग २० फिटको सडक पहुँच छ । २० वटा भन्दाबढी कार अट्ने बेसमेन्ट पार्किङ भएको यस भवनमा लिफ्ट, चौबीसै घण्टा सेक्युरिटी, जस्ता अत्यावश्यक सेवासुविधाहरू उपलब्ध छन् । सात तल्ले यस भवनको तीनवटा तल्लामा विभिन्न व्यवसाय सञ्चालनमा भइरहेका छन् । भाडाका लागि उपलब्ध बाँकी चारवटा फ्लोरहरू ३३०० देखि ४७०० वर्गफिट फराकिलो छन् । रिङरोडबाट नजिकै रहेको यस टावरमा स्पेसको भाडा प्रति वर्गफिट ९० रुपैयाँ तोकिएको छ ।

४. सिनामंगल, काठमाडौंस्थित अफिस स्पेस

https://basobaas.com/premium/office-space-for-rent-in-sinamangal-12566

सिनामंगल, काठमाडौँस्थित विमानस्थल भन्सार कार्यालय नजिकै २२ आना जग्गामा बनेको व्यावसायिक भवन भाडाका लागि उपलब्ध छ । उत्तरपूर्व मोहडाको भवनसँग २० फिट सडक पहुँच छ । पानी, बिजुली र ढलनिकास जस्ता आधारभूत सुविधाका साथै लिफ्ट, फायर हाइड्रन्ट चार्जिङ सिस्टम, विद्युतीय सवारी साधन चार्जिङ स्टेसन, ट्रान्सफर्मर, जेनेरेटरचौबीसै घण्टा सेक्युरिटी सेवा उपलब्ध यस भवनमा १० जना क्षमता भएको लिफ्ट जडान गरिएको छ । भवनामा २० देखि २५ वटा सम्म कार अट्ने बेसमेन्ट पार्किङ उपलब्ध छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिक रहेको हुँदा यस स्पेसमा एयरलाइन्स, कार्गो कम्पनी, आईटी हब र वित्तीय संस्थाहरू जस्ता व्यवसाय सञ्चालन गर्न सकिन्छ । स्पेसको भाडा प्रति वर्ग फिट १२४ रुपैयाँ रहेको छ ।

५. डिल्लीबजार, काठमाडौंस्थित अफिस स्पेस

https://basobaas.com/property/office-space-for-rent-in-dillibazar-12542

६ आना जग्गामा बनेको घरको दुईवटा फ्लोरमा अफिस स्पेस खाली छन् । दक्षिण मोहडा भएको घरको प्रत्येक तल्लामा खुला १५०० वर्गफिट स्पेस छ । जसका लागि दुईवटा गेट र बाथरुम छुट्याइएको छ । जसलाई आवश्यकताका आधारमा पार्टेसन गरि प्रयोगमा ल्याउन सकिन्छ । यो प्रपर्टिसँग १३ फिटको कालोपत्रे सडकको पहुँच छ । पानी, बिजुली र ढलनिकासका साथै लिफ्टको सुविधा उपलब्ध घरमा ५ वटा कार र केही बाइक अट्ने बेसमेन्ट पार्किङ रहेको छ । स्पेस भाडा प्रति फ्लोर मासिक एक लाख रुपैयाँ तोकिएको छ । 

६. सिनामंगल, काठमाडौंस्थित अफिस स्पेस

https://basobaas.com/property/office-space-for-rent-in-sinamangal-12532

होप हस्पिटल नजिकै रहेको यस स्पेसमा १३ फिटको कालोपत्र गरिएको सडकको पहुँच रहेको छ । १८ आना जग्गामा बनेको ६ तल्ले भवनको प्रत्येक तल्लामा १५ सय देखि ३ हजार वर्गफिट अफिस स्पेस उपलब्ध छन् । चौबीसै घण्टा पानी, बिजुली ब्याकअप, ढल निकासको उचित व्यवस्थापन, लिफ्ट, जस्ता आधारभुत सुविधाका साथै १२ वटा सम्म कार र केही बाइकहरू पार्किङ उपलब्ध छ । यस स्पेसको भाडा प्रति वर्गफिट ७५ रुपैयाँ तोकिएको छ । 

७. थापाथली कम्प्लेक्समा खाली अफिस स्पेस

https://basobaas.com/property/office-space-for-rent-in-thapathali-12508

थापाथली पुल नजिकै १४ आना जग्गामा बनेको यस भवनसँग ६० फिट सडक-पहुँच रहेको छ । सात तल्ले यस भवनमा ४ हजार देखि ४५ सय वर्ग फिट अफिस स्पेस भाडाका लागि उपलब्ध छ । जहाँ ७० वटा बाइक र ३० वटा कार पार्किङ क्षमता रहेको भवनमा बिजुली ब्याकअप, लिफ्ट, सिसिटिभी, सेक्युरिटी जस्ता सुविधा उपलब्ध छन् । यस स्पेसको भाडा फ्लोर अनुसार प्रति वर्ग फिट १४० रुपैयाँ देखि ३२० रुपैयाँसम्म छ ।

८. नक्साल, काठमाडौँस्थित व्यवसायिक स्पेस

https://basobaas.com/property/office-space-for-rent-in-naxal-11867

साढे ५ आनामा बनेको यस भवनसँग १३ फिटको सडक जोडिएको छ । साढे ५ तल्ले भवनको प्रत्येक फ्लोरमा ११ सय वर्ग फिट अर्थात् जम्मा ६ हजार ५ सय वर्ग फिट अफिस स्पेस छन् । जहाँ चौबीसै घण्टा पानी, बिजुली र सेक्युरिटीसमेतको सुविधा छन् । ६ वटा कारसहित २० भन्दाबढी बाइक पार्किङ क्षमता भएको व्यवसायिक भवनको मासिक भाडा ४ रुपैयाँ लाख तोकिएको छ ।

९. कालोपुल, काठमाडौँस्थित अफिस स्पेस

https://basobaas.com/premium/office-space-for-rent-in-kalopul-11756

कालोपुलको तीन तर्फी सडक पहुँच भएको भवनमा अफिस स्पेस उपलब्ध छ । सात रोपनी जग्गामा बनेको ९ तल्ले भवनमा जम्मा ९० हजार वर्गफिट अफिस स्पेस खाली छ । चौबीसै घण्टा बिजुली, पानी, ढलनिकास र सुरक्षागार्डको उचित व्यवस्थापन भएको भवनको रूफटपमा स्विमिङ पुल, जिम सेन्टर, रेस्टुरेन्ट जस्ता व्यवसाय सञ्चालन गर्न सकिन्छ । भाडा/लीजका लागि उपलब्ध स्पेसको भाडा प्रति वर्गफिट १४५ रुपैयाँ तोकिएको छ ।

१०. हाँडीगाउँ, काठमाडौँस्थित उपमा टावरको अफिस स्पेस

https://basobaas.com/premium/office-space-for-rent-in-hadigaun-11678

धन्वन्तरि मन्दिर नजिकै रहेको १२ आना क्षेत्रफल ओगटेको ६ तल्ले भवनको प्रत्येक फ्लोरमा २ हजार देखि २४ सय वर्गफिट अफिस स्पेस उपलब्ध छन् । स्पेसलाई आवश्यकता अनुसार पार्टेसन गर्न सकिन्छ । १३ फिटको सडक पहुँच भएको टावरमा खानेपानी, बिजुली, ढल निकासको उचित व्यवस्थापन, सुरक्षागार्ड, लिफ्ट जस्ता विभिन्न सुविधा उपलब्ध छन् । स्पेसको भाडा प्रति वर्गफिट ८५ रुपैयाँ तोकिएको छ ।

११. बानेश्वर, काठमाडौंस्थित कमर्सियल अफिस स्पेस

https://basobaas.com/premium/office-space-for-lease-in-baneshwor-11589

दुई रोपनी क्षेत्रफल ओगटेको यस भवनमा ७१ हजार वर्गफिट अफिस स्पेस उपलब्ध छ । १० तल्ले यस भवनमा जम्मा ६ हजार ३ सय वर्गफिट स्पेस खाली छ । दुईवटा लिफ्टसहित आकस्मिक Exit Door, पावर ब्याकअप, लगायत अत्यावश्यक सुविधाहरू छन् । ४४ वटा गाडी र केही बाइक अट्ने बेसमेन्ट पार्किङ क्षमता भएको भवनमा स्पेस भाडा प्रति वर्गफिट १४५ रुपैयाँ तोकिएको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It