Lifestyle

वास्तुअनुसार बच्चाको बेडरुममा कस्तो रंग लगाउने ! 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बालबालिकाको हुर्काइबढाई राम्रो हुन घरपरिवारसंग सम्बन्ध पनि राम्रो हुनु आवश्यक छ । जसलाई उनीहरूको रहनसहनले प्रभाव पारिरहेको हुन्छ । वास्तुशास्त्रले शयनकक्ष अर्थात् बेडरुममा प्रयोग भएको रंगले पनि बालबालिकाको व्यवहारमा न्यानोपन, प्रेम, सकारात्मक ऊर्जाको महसुस गराउने व्याख्या गरेको छ । 

बालबालिकाको कोठाका लागि वास्तुले सुझाएका रंगहरू र तिनको प्रभावः

गुलाबी रंगः

वास्तुअनुसार बच्चाको बेडरुममा कस्तो रंग लगाउने ! 

कोमलता, स्नेह, र शान्ति को भावना संग सम्बन्धित गुलाबी रंगले बालबालिकामा कोमल र शान्त भाव जगाउँछ । 

पहेंलो रंगः

वास्तुअनुसार बच्चाको बेडरुममा कस्तो रंग लगाउने ! 

घाम र सूर्यमुखीको रंगले बच्चाको कोठामा खुशी र प्रफुल्लता सिर्जना गर्छ। यसले बच्चाहरूमा उत्प्रेरणा र एकाग्रता बढाउँछ ।

हलुका हरियो रंगः

वास्तुअनुसार बच्चाको बेडरुममा कस्तो रंग लगाउने ! 

प्राकृतिक हरियो रंगले बालबालिकामा कान्तिको भाव विकास गराउँछ । हरियाली दर्शाउने यो रंगले आँखा, शरीर र दिमागलाई फाइदा पुर्‍याउँछ ।

नीलो रंगः

वास्तुअनुसार बच्चाको बेडरुममा कस्तो रंग लगाउने ! 

नीलो रंगले  शान्ति र एकाग्रता झल्काउँछ । बिशेगगरी बेडरुमको पढ्ने कुनामा यो रंग लगाउनु राम्रो मानिन्छ । नीलो रंगले रक्तचाप र मुटुको गतिलाई पनि सन्तुलन गर्ने विश्वास गरिन्छ ।

वास्तुअनुसार बालबालिका कोठामा रंग छान्दै गर्दा, उनीहरूको व्यक्तित्व र रुचिलाई पनि ध्यानमा राख्नु जरूरी हुन्छ । जसले गर्दा रंगहरूको प्रभाव झन बढेर जान्छ ।

रोयल पर्पलः

वास्तुअनुसार बच्चाको बेडरुममा कस्तो रंग लगाउने ! 

सृजनात्मकतासँग सम्बन्धित रोयल पर्पल रंगले आत्मविश्वास र महत्वाकांक्षा झल्काउँछ । यसले बालबालिकाको व्यवहारलाई सकारात्मक बनाउनुका साथै कलात्मक सोचको समेत विकास गराउँछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It