News

झापामा जग्गा वर्गीकरण सकियो, बुधबारदेखि कित्ताकाट पनि खुल्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । झापाको मेचीनगर नगरपालिकामा जग्गाको वर्गीकरण सम्पन्न भएको छ । भू उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरणका कागजात मालपोत कार्यालय र नापी कार्यालय, चन्द्रगढीमा बुझाएसँगै जग्गाको कित्ताकाट खुल्ला हुने भएको हो ।

नगरपालिकाको तर्फबाट जग्गा वर्गीकरण सम्पन्न कागजात नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीसहितको टोलीले बुझाएको हो । यससँगै साउन १७ गतेदेखि मेचीनगरका १५ वटै वडामा कित्ताकाट खुल्ला गरिने छ ।

यो पनिः झापा बिर्तामोडमा व्यवसायिक तथा आवासीय प्रयोजनका लागि उपयुक्त जग्गा बिक्रीमा छ ।

मेचीनगरमा आफ्नो नगरपालिकाको क्षेत्राधिकार भित्रको जग्गाहरूलाई कृषि क्षेत्र, व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदि खोला ताल सिमसार क्षेत्र र सांस्कृतिक महत्त्वको क्षेत्र आदिमा वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट आगामी बुुधबारदेखि खुला हुने जनाइएको छ ।

त्यस्तै, जग्गा कित्ताकाट रोकिँदा मेचीनगरवासीले सास्ती भोग्नु परेको भन्दै कित्ताकाट खुल्ला गरिएकाले सहज हुने अपेक्षा गरिएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It