News

सुन्धारास्थित सिटिसी मल ऋणको चपेटामा, ३५ दिनभित्र लिलामी बोलकबोल गर्नुपर्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । सुन्धारास्थित सिटिसी मल लिलाम हुने भएको छ । कर्मचारी सञ्चय कोषले सोमबार एक सूचना जारी गर्दै ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गर्ने जनाएको हो । घरजग्गा व्यवसायी इच्छाराज तामाङको लगानी रहेको सिटीसी  प्रालिले कोषबाट लिएको ऋण नतिरेपछि लिलामी हुने अवस्था आएको हो ।

वैशाख २६ गतेदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ । कोषले ऋणको साँवा-ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, र सञ्चालकहरू  इच्छाराज तामाङ, केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको थियो ।

CTC film Hall

कोषका अनुसार ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा समावेश थिए । 

गत असोजमा सिभिल सहकारीका निक्षेपकर्ता  ठगी गरेको अभियोगमा तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । गत मंसिरमा कर्मचारी सञ्चय कोषले पनि तामाङसहित तीन जनाको नाममा सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Pin It