Decor

यि ६ चिजहरूको प्रयोग गरी घरलाई क्रिस्मसमय बनाउन सकिन्छ-

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालमा पछिल्लो समय हरेक धर्मको संस्कृतिलाई उत्तिकै महत्व दिन थालिएको छ । को हिन्दु, को ईसाई या भनौं को मुस्लिम भन्ने भावलाई बिर्सिएर चाडपर्वको मजा लिइन्छ । यतिबेला ईसाई धर्ममा आश्था राख्नेहरू क्रिस्मसको तयारीमा जुटेका छन् । यदि तपाईं पनि यो क्रिस्मसलाई विशेष बनाउन चाहानुहुन्छ र कसरी घरमा रोनक थप्ने भन्ने विषयमा चिन्तित हुनुहुन्छ भने यो लेख तपाईंका लागि महत्वपूर्ण हुनसक्छ ।

क्रिस्मस ट्रि 

यि ६ चिजहरूको प्रयोग गरी घरलाई क्रिस्मसमय बनाउन सकिन्छ-

क्रिसमसमा जताततै कृत्रिम हरियो रुख राख्ने प्रचलन छ जसलाई ‘क्रिस्मस ट्रि’ पनि भनिन्छ । यो रुखले क्रिसमसको माहोल नै खुलाइदिन्छ । यसो हुँदा हामीले यसलाई महत्वपूर्ण सजावट सामग्रीको सूचिमा सबैभन्दा माथि राख्न सक्छौं । बजारमा सहजै उपलब्ध यो रुखको विकल्पमा हाम्रो घरमा भएको धुपीको रूखलाई पनि सजाउन सकिन्छ । रङ्गीबिरङ्गी रिबन, बत्ती,स-साना बल, घण्टी आदिले सजाएर रूखलाई आकर्षक बनाउन सकिन्छ । यसरी क्रिसमस ट्री जस्तै आकारको रुख राख्दा त्यसले घरमा सकारात्मक ऊर्जाको सञ्चार गराउँछ भन्ने मान्यता पनि छ ।

फेरी लाइट / Fairy light 

यि ६ चिजहरूको प्रयोग गरी घरलाई क्रिस्मसमय बनाउन सकिन्छ-

फेरी लाइट अर्थात् अद्भूत काल्पनिक परी झल्काउने बत्तीहरूको चमकले जिसस क्राइस्टले दुनियाँमा फैल्याएको ज्योतिलाई स्मरण गराउँदछ । यस्तो बत्तीको सजावटले घरलाई क्रिसमसमय बनाउन सकिन्छ । जसको प्रभावले हामीलाई सँधै अरूको सेवामा तल्लीन रहन मद्दत गर्ने जनविश्वास पनि छ ।

मैनबत्ती

यि ६ चिजहरूको प्रयोग गरी घरलाई क्रिस्मसमय बनाउन सकिन्छ-

हिजोआज बजारमा आधुनिक बत्तीको प्रयोग बढेको छ । जसले मैनबत्तीको प्रयोगलाई लगभग विस्थापन नै गरेको छ । यद्यपि अझैपनि मैनवत्तिको प्रयोगले फरक ऊर्जा र आकर्षण थप्ने कुरामा दुई मत छैन । मैनबत्तीलाई होल्डरमा राखेर अँध्यारोमा राख्दा त्यसको दृश्य नै मनमोहक हुन्छ । त्यसबाहेक मैनबत्तीलाई सिसाको गिलास भित्र राखेर पनि बाल्न सकिन्छ । क्रिस्मसमा मैनबत्ति बाल्नाले घरमा सौन्दर्यका साथै कान्ती पनि फैलन्छ भन्ने गरिन्छ । 

Wreath/ रिथ

यि ६ चिजहरूको प्रयोग गरी घरलाई क्रिस्मसमय बनाउन सकिन्छ-

क्रिस्मसमा घर सजावटका लागि रिथको व्यापक प्रयोग हुने गरेको पाइन्छ । विभिन्न रङ्गी विरङ्गी फूल र पातलाई गोलो आकार भएको पाईप वा अरू कुनै वस्तुमा टासेँर रिथ तयार गरिन्छ । यसलाई घरको ढोका भित्ताहरू र ऐनामा सजाउन सकिन्छ । विशेषगरी रिथलाई मृतक व्यक्तिको सम्मान र सम्झनाका लागि प्रयोग गरिन्छ । भने विवाह जस्ता शुभ कार्यमा पनि रिथको प्रयोग गरिन्छ । 

रंगिन कुशन र पर्दाहरू

यि ६ चिजहरूको प्रयोग गरी घरलाई क्रिस्मसमय बनाउन सकिन्छ-

घरमा प्रयोग भएका हरेक सामाग्रीले चाडपर्वको आभाष दिलाउँछन् । यसो हुँदा दिनहुँ प्रयोग गरिएका कुशन, पर्दाहरूमा क्रिस्मसको झल्को दिने गरि सेन्टाको आकृति भएको वा रातो हरीयो रङको प्रयोग गर्न सकिन्छ ।

Snowflake

यि ६ चिजहरूको प्रयोग गरी घरलाई क्रिस्मसमय बनाउन सकिन्छ-

चिसो मौसमसँगै मनाईने यस पर्वको धेरै मान्यता हिउँसँग जोडिएका छन् । इसाइ धर्मअनुसार हिउँलाई येशूको अवतारको रूपमा पनि लिइन्छ । येशूले पापलाई हिउँ जस्तै सेतो बनाउन सक्ने हुँदा हिउँलाई शुद्धताको प्रतिक समेत मानिन्छ । सोहिकारण क्रिस्मसको अवसरमा घरमा हिउँको आकृतिहरू बनाएर घरहरू सजाउने चलन पनि चलिआएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It