News

बसोबास पार्टनरसिपमा जोडियो ‘सीई रियलस्टेट’ 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास पार्टनरसिप कार्यक्रममा नेपालको पहिलो रियलस्टेट कम्पनी ‘सीई रियलस्टेट’ जोडिएको छ । सोमबार त्रिपुरेश्वरस्थित सीईको कार्यलयमा दुई पक्षबीच ‘बसोबास पार्टनरसिप प्रोग्राम’को समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

यससँगै बसोबासले देशका विभिन्न स्थानमा निर्माण भएका सीई रियलस्टेटका अपार्टमेन्ट तथा कोलोनी बिक्रीका लागि मार्केटिङमा सहयोग पुर्याउने छ । 

समझदारी पत्रमा सीई  रियलस्टेटको तर्फबाट कर्पोरेट बिजनेस हेड सुजन घिमिरे र बसोबासका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजन अधिकारीले हस्ताक्षर गरेका हुन् । 

साक्षीका रूपमा सीईका तर्फबाट सेल्स हेड अमृत लक्ष्मी तुलाधर र सेल्स म्यानेजर राधाकृष्ण खड्का उपस्थित थिए । त्यस्तै बसोबासको तर्फबाट सेल्स म्यानेजर अंकित घिमिरे र प्रोजेक्ट सेल्स एसोसिएट सिजन महर्जन उपस्थित थिए । 

रियलस्टेट बजारमा अग्रस्थानमा रहेको अनलाइन प्लेटफर्म बसोबाससँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशी लागेको सुजनले बताए ।  

बसोबाससँगको पार्टनरसिपले दुवै पक्षलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

सीई रियलस्टेटका प्रपर्टिहरू हेर्नका लागि बसोबास डटकम भिजिट गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
Pin It