News

मिचिएका सार्वजनिक जग्गा खोज्दै पार्क बनाउँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विभिन्न व्यक्तिले मिचेको सार्वजनिक जग्गाको खोजी गरी उद्यान (पार्क) बनाइएको छ । महानगरपालिका वडा नं १० ले मिचिएको १० रोपनी जग्गामा उद्यान निर्माण गरेको हो । 

भूकम्प जस्ता प्राकृतिक प्रकोपका लागि खुल्ला ठाउँ हुनेगरि उद्यान निर्माण गरेको महानगरले मालपोत र नापी कार्यालयको समन्वयमा थप सार्वजनिक जग्गा समेत खोजी गरिरहेको छ । 

सार्वजनिक पर्ती र विभिन्न स्थानमा निर्माण भएका उद्यानको जग्गा मिची सँधियारले घर, टहरा निर्माण गरको पाइएकाले नापजाँच गरी सार्वजनिक कायम गरिएको जनाएको छ ।

नयाँ बानेश्वरस्थित गौचरणको पाँच रोपनी जग्गामा बाटो कटाएर बाँकी करिब डेढ रोपनी सार्वजनिक जग्गामा पनि वडा कार्यालय उद्यान निर्माण गरिरहेको छ । 

सफा, स्वच्छ शहरको विकासका लागि विभिन्न स्थानमा फेला पारिएको सार्वजनिक जग्गामा उद्यान निर्माण गर्न लागिएको हो । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It