Development

म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु

Pinterest LinkedIn Tumblr

काठमाडौं । खोटाङको बंशिलाघाटस्थित सुनकोसी नदिमा म्याद सकिन तीन महिना बाँकी हुँदा पक्की पुल निर्माण सुरु भएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने पुल जेठ १९ गते देखि निर्माण सुरु भएको हो । 

२०७७ पुस २८ गते ठेक्का सम्झौता अनुसार आगामी असोजसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । यद्यपि निर्माण कम्पनी एम एस कालिका बेदांसी जेभी, काठमाडौंले हालै मात्र पुलको फाउण्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीले जनाएको छ । 

पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । 

पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन भएपछि ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो । तर पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मुख्य ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको जनाइएको छ । 

हाल बंशिलाघाटमा २०७५ सालमा बनाइएको झोलुङ्गे पुलमार्फत सुनकोसी वारपार गर्ने व्यवस्था छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It