News

विकास-निर्माणको काम अलपत्र पार्ने १४ कन्स्ट्रक्सन कम्पनी कालोसुचीमा,

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले  १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार एक सूचना जारी गर्दै विभिन्न विकास निर्माणका काम अलपत्र पार्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू सूची सार्वजनिक गरिएको हो । निज कम्पनीहरूले काम अलपत्र पार्ने र निर्धारित समयमा काम सम्पन्न नगरेको कारण कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । 

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना मार्फत निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । कालो सुचीमा राखिएको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

सार्वजनिक खरिद अनुगमन कार्यलयले कालोसूचिमा राखेका व्यवसायी तथा आपूर्तिकर्ताहरूः
  • होमनाथ गौतम सञ्चालक रहेको, श्री भारत सप्तकोसी जे.भी लाई २ वर्ष ६ महिना, 
  • नारायण सुवेदी सञ्चालक रहेको, श्री हाइवे कन्स्ट्रक्सन प्रा.लि लाई १ वर्ष 
  • विप्लव पोख्रेल सञ्चालक रहेको, श्री विधि बिल्डर्स प्रा.लि लाई १ वर्ष 
  • संजया कुमारी राना(शाह) सञ्चालक रहेको, श्री साईबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवालाई १ वर्ष 
  • तिल बहादुर भण्डारी सञ्चालक रहेको, श्री अनुकुल निर्माण सेवालाई १ वर्ष 
  • दिपेन्द्र बहादुर शाही र नरेन्द्र प्रधान सञ्चालक रहेको श्री सिद्धि साइ प्रकाश जे.भी २ वर्ष
  • प्रेम प्रसाद अधिकारी सञ्चालक रहेको श्री पाँचखाल कन्स्ट्रक्सन प्रा.ली लाई १ वर्ष 
  • रेशम बहादुर शाह सञ्चालक रहेको श्री प्रभु निर्माण सेवालाई १ वर्ष
  • सिद्धिबाबु रेग्मी सञ्चालक रहेको श्री सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.ली, 
  • सफिउर्रहमान अन्सारी सञ्चालक रहेको श्री एस् एस् के निर्माण सेवा प्रा.ली लाई १ वर्ष 
  • मिना कुमारी शर्मा कोइराला, श्री सुमदिवी कन्स्ट्रक्सनलाई १ वर्ष 
  • युवराज डाँगी सञ्चालक रहेको निलगिरी निर्माण सेवा प्रा.ली  लाई १ वर्ष 
  • धन कुमार थापा सञ्चालक रहेको नेशनल डेभलपमेन्ट प्रा.ली  लाई १ वर्ष 
  • गौरव पुडासैनी सञ्चालक रहेको क्यानोन कन्स्ट्रक्सन प्रा.ली लाई १ वर्ष कालोसूचीमा राखेको छ । 

त्यस्तै नेपा कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्ट ग्रुप प्रा.ली लाई भने कालोसूचीमा नराखिएको सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It