News

१३ ठेकदार कम्पनी कालोसूचिमा, खरिद कारबाहीमा भाग लिन नपाउने

Pinterest LinkedIn Tumblr

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण (ठेकदार) कम्पनीलाई कालोसूचिमा राखेको छ । 

कार्यालयको विहीबार बसेको बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमा काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचिमा राख्‍ने निर्णय गरेको हो । 

कार्यालयका अनुसार सूचिमा परेका कम्पनीहरूले कालोसूचिमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

कार्यालयले १ देखि ३ वर्षसम्मका लागि ठेकेदार कम्पनीलाई कालोसूचिमा राखेको हो ।

१३ ठेकदार कम्पनी कालोसूचिमा, खरिद कारबाहीमा भाग लिन नपाउने

प्रतिक्रिया दिनुहोस्
Pin It