Market

सडकको ढलान नसुक्दै गाउँलेहरूले मसला चोरेर घर ढलान गरेपछि:

Pinterest LinkedIn Tumblr

काठमाडौं । भारतको बिहारबाट सडकमा ढलान गरेको मसला गाउँलेहरूले चोरी गरेको भिडिओ सामग्री बाहिरिएको छ । जेहानाबाद जिल्लाको खदूमपुर ब्लकको औदान बिघा गाउँको हो । जहाँ  सडक निर्माणको काम चलिरहेको थियो । 

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ४५ सेकेन्डको भिडियो क्लिपमा महिला, बालबालिका र पुरुष सबै भिजेको कंक्रीट बोकेर हिँडेको देखिन्छ ।

मजदुरले सडकमा ढलान सकाएर अर्को ठाउँमा काम गर्न गए । यसै क्रममा ठूलो संख्यामा गाउँलेहरू आएर ढलान गरिएको सडकबाट सिमेन्ट, गिटी, रड लगायतका मसला घरघरमा लगि आ–आफ्ना घर ढलान गरे । जसका कारण सडक निर्माण हुन सकेको छैन । 

भारतीय सञ्चार माध्यमका अनुसार सो क्षेत्रमा मुख्यमन्त्री सडक ग्राम योजना अन्तर्गत ३ किलोमिटर सडक निर्माण भइरहेको थियो । तर सामग्री चोरी भएका कारण सडक निर्माण हुन सकेको छैन । त्यहाँ तीन महिनाअघि काम सुरु गरिएको थियो । तर हाल केही किलोमिटरको ढलान सबै चोरेर लगिएको छ ।

तीन किलोमिटर खण्डको अधिकांश काम गाउँ नजिकै मात्र पिसिसी गर्ने काम गरिए पनि व्यक्तिगत प्रयोगका लागि गाउँलेहरूले जबरजस्ती पिसिसी सामाग्री लिएर गए ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It