Vaastu

घरमा तेजपत्ता जलाउँदा के हुन्छ ? यस्ता छन् चामत्कारिक गुणहरूः

Pinterest LinkedIn Tumblr

काठमाडौं । हरेक घरको भान्छामा प्रायः नछुट्ने मसला हो तेजपत्ता । स्वादिष्ट खानाको राज तेजपत्ताका अरूपनि कैयन उपयोगी गुणहरू छन् । वास्तुशास्त्रमा पनि तेजपत्ताका थुप्रै उपयोगिता उल्लेख छन् । भरपुर मात्रमा एन्टिअक्सिडेन्ट पाइने तेजपत्ताले शरीरका कोषिकाहरूलाई पोषणको कमी हुनबाट जोगाउँछ । 

तेजपत्ताले शरीरलाई फ्रि-रेडिकल्स अर्थात् समयभन्दा चाँडै बूढो हुनबाट पनि जोगाउँछ । यसबाहेक तेजपत्तामा कपर पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सेलिनियम, आइरन जस्ता तत्त्वहरू पाइन्छ । बहुउपयोगी वनस्पति तेजपत्ता जलाउँदा त्यसको धुँवाबाट घरको वातावरणमा विभिन्न प्रभाव पर्ने जनविश्वास छ ।

यी हुन् तेजपत्ता जलाउनुका फाइदाहरूः
  • एउटा कचौरामा तीन देखि चारवटा तेजपत्ता राखेर कपुर राखी जलाउँनाले घरमा भएको नकारात्मक ऊर्जालाई हटाउन मद्दत गर्छ । यसरी जलाउँदा घरको झ्यालढोका खुला गरि धुँवालाई बाहिर पनि जान दिनुपर्छ ।  
  • घरमा कपुर र तेजपत्ता जलाएर धुँवा फैलाएर वास्तुदोष कम गर्न सकिन्छ । 
  • रातमा सुत्नुअघि सुत्नेकोठामा तेजपत्तालाई जलाएर धुँवा बनाइ राख्नाले तनावबाट मुक्ति मिल्छ । जसरी हामी आफूलाई तनाव र थकानबाट आराम र स्वस्थ रहनका अरोमाथेरापी अर्थात् सुगन्ध चिकित्साको प्रयोग गर्छौं, त्यसरी नै तेजपत्ताको धुँवाले अरोमाथेरापीको काम गर्छ ।
  • तेजपत्तालाई जलाएर धुँवा कोठामा फैलाउँदा यसको सुगन्धले रुम फ्रेसनरको काम पनि गर्छ । 
  • तेजपत्ता र मरिचलाई जलाएर घरमा धुँवा फैलाउनाले घरको सम्पूर्ण समस्या समाधान हुन्छ । साथै घरमा फैलिएका किटाणुबाट समेत बचाउँछ ।
  • वैवाहिक जीवनमा दरार आइरहेको छ भने बेलुका बेडरुममा सुकेको तेजपत्तालाई जलाएर धुँवा फैलाउँदा सम्बन्धमा सुधार आउँछ । 
  • एउटा सग्लो तेजपत्तामा आफ्नो मनोकामना, इच्छा, चाहना लेखेर घरको आँगनको पूर्व फर्कि जलाएर हावामा उडाइदिने र पछाडि फर्केर नहेरी घरभित्र प्रवेश गर्नाले मनोकामना पुरा हुन्छ । 
  • छाला, श्वासप्रश्वास सम्बन्धी रोगव्याधीको भय भएमा तेजपत्तालाई जलाएर त्यसको धुँवा घरमा फैलाउन सकिन्छ । यसो गर्नाले घरमा भएका साना किटाणुहरू नष्ट गर्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It