News

यस साता बसोबासमाः न्युज अपडेट तथा लिस्टेड प्रपर्टिका कुरा

Pinterest LinkedIn Tumblr

बसोबास विक्ली राउण्ड अपः साताभरका रियल ईस्टेड तथा कन्स्ट्रक्सन सम्बन्धी समाचार र हाम्रो वेबसाइटमा लिस्टेड प्रपर्टिहरू एउटै भिडिओमा ।

१. संसद भवन निर्माण तीन वर्षमा ६०% मात्र

नवनिर्वाचित सांसदलाई नयाँ संसद् भवनबाटै शपथ खुवाउने सरकारी लक्ष्य असफल भएको छ । निर्माण थालेको तीन वर्षसम्म पनि नयाँ संसद् भवन निर्माण सकिएको छैन । २०७९ को प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो संसद् बैठक नयाँ भवनबाट बस्ने लक्ष्यसहित सरकारले २०७६ असोज १६ मा टुन्दीरसेक जेभीसँग निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर ठेक्काको अवधि सकिँदा पनि ६० प्रतिशत मात्र प्रगति भएको छ । ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो तर हालसम्म निर्माणमा ३ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ खर्च भइसकेको छ । तोकिएको समयमा काम नसकिएपछि समय थपेर २०७९ चैत मसान्तसम्म पुर्‍याइएको छ ।

२. जनकपुरधाम उपमहानगरपालिकामा सकियो भूमि वर्गीकरणः कृषियोग्य जमिन पाउनै मुस्किल

जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुङ्ग्याएको छ । वर्गीकरण अनुसार वडा नं १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ । वडा नम्बर १५ देखि २५ सम्मको जग्गामा कृषि र गैरकृषि क्षेत्र विभाजन गरिएको छ । जग्गाधनीले आफ्नो जमिन कृषि योग्य क्षेत्रमा राख्न चाहे पालिकामा निवेदन दिन सक्ने उपमहानगरपालिकाले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाले वर्गीकरण टुङ्ग्याए पनि धनुषा जिल्लाका अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । 

३. तुलसीपुर उपमहानगरपालिकाको जग्गा अतिक्रमणमा

दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाको नाममा रहेको जग्गा अतिक्रमण भएको छ । कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गाबाहेक उपमहानगरपालिका कार्यालयको उत्तर–पूर्वतर्फको केही जग्गा समेत अतिक्रमणमा परेको हो । उपमहानगरपालिकाको नाममा भएको १० विघा जग्गामध्ये ३ विघा जग्गामा त १ सय ५० भन्दा बढि पक्कि संरचनाहरू निर्माण भइसकेका छन् । कित्ताको लगत सङ्कलन अझै बाँकी रहेकाले निर्माण भएका घरको सङ्ख्या थप हुनसक्ने तुलसीपुर उपमहानगरपालिकाका भूमि व्यवस्थापन विभागले जनाएको छ । उपमहानगरपालिकाको जग्गा कतिपयले किनबेचसमेत गरेको पाइएको छ । हाल उपमहानगरले सो क्षेत्रको अतिक्रमित जग्गामा बनेका घरटहराको लगत सङ्कलन गर्ने कार्य गरिरहेको छ । 

४. नवलपरासीमा खुल्दै ‘अतुल्य स्टिल उद्योग’, फलामे डन्डी, वायरदेखि पाइपसम्म उत्पादन गर्ने

नवलपरासीको विनयीपोखरी नगरपालिकामा नयाँ स्टिल उद्योग सञ्‍चालनमा आउने भएको छ ।  शतप्रतिशत स्वदेशी पुँजी लगानी हुने यस उद्योगबाट फलाम तथा स्टिलका एक दर्जनभन्दा बढी प्रकारका सामाग्री उत्पादन हुने बताइएको छ । उद्योगमा २० करोड ८४ लाख रुपैयाँ चालु पुँजी र २९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी गरी कुल ५० करोड लगानी हुने उद्योग विभागले जनाएको छ । उद्योगबाट वार्षिक १ लाख मेट्रिक टन TMT रड, ७५ हजार मेट्रिक टन वायर रडका साथै विभिन्न मात्रामा च्यानेल एंगल, स्क्वायर, फ्ल्याट तथा स्ट्रिप, HB वायर लगायतका फलामजन्य उत्पादन हुने बताइएको छ । 

५. बुटवल-नारायणगढ सडक निर्माणको काम तीव्र

कावासोती–बुटवल–नारायणगढ सडक निर्माणको कामले पछिल्लो समय तीव्रता पाएको छ । ठेकेदार कम्पनी चाइना स्टेटले यसमा संलग्न सबै प्राविधिक तथा जनशक्तिलाई तीव्र रुपमा काम अगाडि बढाउन निर्देशन दिएको थियो । निर्माणका लागि आवश्यक सामग्री र खानेपानीको पाइप सार्ने काममा थप सहयोग भएमा कामलाई तीव्र रुपमा अगाडि बढाउन सहज हुने चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन जनाएको छ । अहिले सडकको पूर्वी खण्डमा मात्र एकै पटक १ हजार २ सय कामदारले काम गरिरहेका छन् । 5अहिलेसम्म २६ वटा साना पुल २ सय ४९ वटा कल्भर्ट सम्पन्न भइसकेका छन् भने ३ वटा पुल र १८ 2वटा कल्भर्ट निर्माणधीन अवस्थामा छन् । गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्ड गरेर १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सनले ४२ महिनाअघि ठेक्का पाएको थियो ।

नियमित श्रृंखला- ‘प्रपर्टि अफ द विक’

  • कालोपुलको व्यवसायिक भवनः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस साता हाम्रो वेबसाइटमा लिस्टेड पहिलो प्रपर्टि हो कालोपुलमा रहेको भाडाका लागि उपलब्ध व्यवसायिक भवन । ७ रोपनी जग्गामा बनेको यस भवन को अगाडि २४ फिट, दक्षिणमा १० फिट र पूर्वमा ८ फिटको फराकिलो सडक छ । यो वाग्मती नदी करिडोरको छेउमा रहेको ९ तले भवनमा तपाईंले नब्बे हजार वर्ग फिट अफिस स्पेस  पाउनुहुन्छ । जहाँ चौबीसै घण्टा सुरक्षा, पानी, ढल निकासको उचित व्यवस्थापन, बिजुली ब्याकअप उपलब्ध छन् । पर्याप्त पार्किङ स्पेशको सुबिधा भएको यस भवनमा स्पेश भाडा मूल्य प्रति वर्गफिट ९९ रुपैयाँ तोकिएको छ ।

  • रोज भिल्लाका सुन्दर घरहरू बिक्रीमाः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

दोस्रो प्रपर्टि अफ द विकका रुपमा हामी रोजभिल्लाका सुन्दर आवासिय घरहरूको कुरा गर्दैछौँ ।  यस साता रोज भिल्लामा १० वटा घरहरू बिक्रीमा छन् । यहाँ तपाईंले ५१ आना जग्गामा बनेका 3BHK देखि 5BHK सम्मका लक्जरी घरहरू पाउनुहुनेछ । भिल्लामा उपलब्ध घरको सुरुवाती मूल्य ३ करोड ७५ लाख रहेको कम्पनिले जनाएको छ । विभिन्न आधुनिक सुविधाहरु सहितका प्रत्येक घरमा २ वटा पार्किङ स्पेश रहेको छ । बसोबासले यहि शनिबार बिहान ११ बजेदेखि साँझ 4 बजेसम्म रोजभिल्लाका घरहरूको ओपन हाउस कार्यक्रम पनि राखेको छ । सहभागिताका लागि डिस्कृप्सनमा भएको फोन नम्बरमा कल गरी आफ्नो सिट सुरक्षित गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
Pin It