News

बैंकहरू किन घटाउँदैछन् ब्याजदर ! घरजग्गा किनबेच गर्नेलाई के फाइदा ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाको निक्षेप ब्याजदर घटाएका छन् । बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएकाले बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।

हाल सञ्चालनमा रहेका २० मध्ये १८ वटा वाणिज्य बैंकले माघका लागि व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका हुन् । पुस महिनामा बैंकहरूले दिएको निक्षेपको अधिकतम ब्याजदरको तुलनामा माघ महिनामा दिएको अधिकतम ब्याजदरमा औसत ०.८२ प्रतिशतले कम छ । 

कर्जाको माग तत्काल नबढ्ने अवस्था र धेरै बैंकहरूको पूँजीकोषमा देखिएको दबाबले एग्रेसिभ कर्जा विस्तार गर्ने अवस्था नहुँदा ब्याजदर घटाएको बैंकहरूले जनाएका छन् ।

बैंकले निक्षेपको ब्याजदर घटाउनुलाई घरजग्गा व्यवसायीहरूले सकारात्मक निर्णयको रुपमा लिएका छन् । नेपाल रियल स्टेट अर्गनाइजेसन ‘एनरियो’का सचिव हमिद खान भन्छन्, ‘निक्षेपको ब्याजदर घट्नुले ग्राहकहरूमा लगानीको वातावरणलाई प्रोत्साहन गरेको देखिन्छ । निक्षेपको ब्याजदर घट्नु भनेको लोनको ब्याजदर घट्नु हो । यसले ग्राहक र डेभलपरहरूमा लगानी गर्नुपर्छ भन्ने आत्मविश्वास बढाउँछ । र माहोलको सिर्जना गर्छ ।’ 

तत्काल घरजग्गा कारोबारमा ब्याजदरमा आएको ह्रासको प्रभाव देखिएको छैन । यद्यपि १/२ महिनामा घरजग्गा कारोबारमा पनि यसको असर देखिन थाल्ने घरजग्गा व्यवसायीहरू बताउँछन् ।

निक्षेपको ब्याजदर घटेसँगै लगानीको अवसर बढ्ने हुँदा मन्दीको अन्तिम क्षण भएकाले पनि यसलाई ग्राहकले उपयोग गर्नुपर्छ । 

‘विगतका दिनहरू हेर्ने हो भने, हरेक १२ वर्षमा घरजग्गामा मन्दी देखा परेको छ । कोरोनाको महामारीले देखिएको मन्दी अब अन्तिम क्षणमा छ । सोहीकारण घरजग्गामा लगानी गर्नु यो सही समय भएकाले ग्राहकहरूले यो मौका छुटाउनै नहुने ‘एनरियो’का सचिव हमिद खानले बताए ।

कर्जाको ब्याज पनि घट्नेः

निक्षेप घटेसँगै कर्जाको ब्याज पनि घट्ने भएको छ । निक्षेपको ब्याज घट्दा त्यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजमा पर्छ । निक्षेपको ब्याज घट्दा बैंकको लागत (खर्च) पनि घट्छ, जसले गर्दा निक्षेपको ब्याजदर घटेसँगै आधारदर (बेस रेट) पनि घट्छ ।

आधारदर (बेस रेट) कर्जाको ब्याज निर्धारण गर्ने आधार हो । यसअनुसार आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ भने बढ्दा बढ्छ ।

बैंकपिच्छे आधार दर फरकफरक रहेकाले यति नै दरमा कर्जाको ब्याजदर घट्यो भन्ने यकिन तथ्यांक नभए पनि प्रायः सबै बैंकमा ०.५० प्रतिशतले कर्जाको ब्याजदर घटेको जनाइएको छ । 

क्र.सं  बैंकको नाम पुस महिनाको साधारण मुद्दति निक्षेपको ब्याजदर  माघ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर समयावधि
१. एनआईसी एसिया बैंक ८.६७ प्रतिशत ८.०६५ प्रतिशत नखुलेको
२. कुमारी बैंक  ९.३१ प्रतिशत न्युनतम ६.५० प्रतिशतदेखि अधिकतम ८.११ प्रतिशत      _
३. प्रभु बैंक  – मुद्दतीतर्फ न्यूनतम ६.५६५ प्रतिशतदेखि अधिकतम ८.०६५ प्रतिशत ब्याजदर     _
४. लक्ष्मी सनराइज बैंक न्यूनतम ७.५० प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ९ प्रतिशत      _
५. नेपाल बैंक लिमिटेड ८.५५ प्रतिशत ८ प्रतिशत     _
६. राष्ट्रिय वाणिज्य बैंक ८.६१ प्रतिशत  ८.०७ प्रतिशत  ३ महिनादेखि ५ वर्ष सम्म
७. नबिल बैंक ८.१ प्रतिशत ६.६० प्रतिशत७.६ प्रतिशत ३ महिनादेखि ६ महिना सम्म १ वर्ष सम्म
८. एभरेष्ट बैंक ९ प्रतिशत ब्याजदर ६.५०
७ प्रतिशत८ प्रतिशत
३ महिनादेखि १ वर्ष सम्म१ वर्षदेखि २ वर्ष सम्म२ वर्षभन्दा बढी
९. एनएमबी बैंक ९ प्रतिशत  ६ प्रतिशत७ प्रतिशत७.५० प्रतिशत  ६ महिनादेखि १ वर्ष सम्म१ वर्षदेखि २ वर्ष सम्म२ वर्षदेखि १० वर्ष सम्म
१०. प्राइम कमर्सियल बैंक १० प्रतिशत ८.१० प्रतिशत६.५० प्रतिशत७ प्रतिशत  १ वर्षभन्दा बढी सम्म ३ महिना सम्म६ महिनादेखि १ वर्ष सम्म
११. सानिमा बैंक ९ प्रतिशत ८.१५ प्रतिशत     _
१२. ग्लोबल आइएमई बैंक ८.६ प्रतिशत ८.१० प्रतिशत     _
१३. नेपाल एसबीआई बैंक ९.६ प्रतिशत  ८.२५ प्रतिशत     _
१४. हिमालयन बैंक ८.६० प्रतिशत ८.१५ प्रतिशत७.५०३ प्रतिशत७.७५ प्रतिशत  ९ महिना सम्म१ वर्षदेखि ५ वर्ष सम्म
१५. स्ट्याण्डर्ड चार्टर्ड बैंक (८.५६ प्रतिशत) ५ वर्ष अवधि ८.०७ प्रतिशत४.७५ प्रतिशत५ प्रतिशत  ३ महिनादेखि १ वर्ष सम्म१ देखि ५ वर्षको सम्म
१६. कृषि विकास बैंक पुस महिनाकै ब्याजदरलाई निरन्तरता ५.७६ प्रतिशत र ७.२६ प्रतिशत७.०१ प्रतिशत ३ महिनादेखि ५ वर्ष सम्म १ वर्ष सम्म
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It