Financial

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

Pinterest LinkedIn Tumblr

काठमाडौं । बैंकले ब्याजदर घटाउन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरूबाट घरजग्गा क्षेत्रमा  प्रवाह हुने कर्जा बढ्न थालेको छ । चालू आवको नौ महिना (साउन देखि चैतसम्म)मा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घरजग्गा क्षेत्रमा बैंकको कर्जा लगानी बढेको हो ।  

नेपाल राष्ट्र बैंकको चैतसम्मको तथ्यांक हेर्दा व्यक्तिगत आवासीय र रियल इस्टेट कर्जा दुबै बढेको पाइएको छ । 

चालू आवमा बैंक तथा वित्तीय संस्थाहरूबाट कुल (व्यक्तिगत आवास र रियल इस्टेट) ४१ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये ३८ अर्ब ६३ करोड व्यक्तिगत आवासीय घरकर्जा हो भने दुई अर्ब ७६ करोड रुपैयाँ रियल इस्टेट शीर्षकको कर्जा हो ।

अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट व्यक्तिगत आवासीय घरकर्जा दुई अर्ब २२ करोड प्रवाह भएको थियो । रियल इस्टेट शीर्षकको कर्जा २९ अर्ब रुपैयाँले ऋणात्मक थियो । यो वर्षको फागुनसम्म पनि रियल इस्टेट कर्जा ऋणात्मक नै थियो । 

बैंक तथा वित्तीय संस्थाहरूबाट कुनै पनि क्षेत्रमा नयाँ कर्जा प्रवाहभन्दा पुरानो कर्जा असुली धेरै भएमा समग्रमा त्यो कर्जा प्रवाह ऋणात्मक देखिन्छ । 

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय दुई करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जा प्रवाह धेरै देखाएको छ । अर्थात्, व्यक्तिगत प्रयोजनको आवास खरिद तथा निर्माणमा कर्जाको माग बढ्न थालेको छ । 

राष्ट्र बैंकले अधिकतम दुई करोडसम्मको घरकर्जालाई व्यक्तिगत आवासीय र दुई करोडभन्दा बढीको कर्जालाई रियल इस्टेट शीर्षकको कर्जामा गणना गर्दै आएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It