News

बझाङमा भूकम्पले १ सय ३५ संरचना क्षति, एकजनाको मृत्यू

Pinterest LinkedIn Tumblr

काठमाडौं । मंगलबार बझाङको तालकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण ज्यान तथा सयौं भौतिक धनमा क्षति पुगेको छ । भूकम्पले बझाङको चन्दपुर र आसपासका १ सय ३५ संरचनामा क्षति पुगेको छ, भने भूकम्पमा परि एकजनाको ज्यान गएको छ । 

भूकम्पपछिको पहिरोमा परेर जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीले ज्यान गुमाएकी छन् । पहिरोमा परेर २६ जना घाइते भएका छन् ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा बेपत्ता एकजनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । साथै, घाइतेको उद्धारका लागि घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ । 

अपराह्न २:४० बजे गएको ५.३ रेक्टर स्केलको भूकम्पले थलारामा ६०, केदारस्यूँमा एक, वित्थडचिरमा २, बुङ्गल नगरपालिकामा ४ घर र  जयपृथ्वी नगरपालिकामा ४१ पूर्णरूपमा क्षति भएको सशस्त्र प्रहरी प्रधान कार्यालयको रिपोर्टमा उल्लेख छ । 

आज बिहानसम्म १२ वटा पराकम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको जनाएको छ । 

सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने केन्द्रको अनुमान छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It