News

धितो बन्धक राखिएको सम्पत्ति लिलाम बिक्री गर्दै चार बैंक 

Pinterest LinkedIn Tumblr

काठमाडौं । चार वाणिज्य बैंकहरूले ऋणीहरूले कर्जा उपभोग गरेबापत धितो बन्धक राखिएको सम्पत्ति लिलाम बिक्री गर्ने भएका छन् । सोमबार नयाँ पत्रिकामा सात दिने गोप्य शिलवन्दी बोलपत्र आह्वान गरि बैंकहरूले सम्पत्ति लिलाम बिक्री गर्न लागेको जानकारी दिएका हुन् । 

देशका विभिन्न ठाउँहरूको सम्पत्ति लिलाम बिक्रीका लागि ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नबिल बैंकले बोलपत्र आह्वान गरेका हुन् । उक्त सम्पत्ति जहाँ जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने जनाइएको छ ।

सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म/कम्पनी तथा संघ संस्थाहरूले सात दिन भित्र बैंकको केन्द्रिय कार्यालय असुली विभाग तथा सम्बन्धित शाखा कार्यलयबाट एक हजार रुपैयाँ तिरी बोलपत्र आवेदन फारम भर्न सक्नेछन् । 

थप जानकारीका लागि बैंकको कर्जा असुली विभाग तथा धितो रहेको नजिकको शाखा कार्यलयमा सम्पर्क गर्न बैंकहरूले आह्वान गरेका छन् । 

ग्लोबल आईएमई बैंकको बोलपत्र

Global IME Bank

माछापुच्छ्रे बैंकको बोलपत्र

machhapuchre bank

एनएमबि र नबिल बैंकको बोलपत्र

NMB and Nabil bank

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It