Lifestyle

आफै बसु-बसुझै लग्ने संसारका केहि अनौठा र रोचक अपर्ट्मेन्टहरु ।

Pinterest LinkedIn Tumblr

शहरहरु कंक्रिटको जंगलजस्ता हुँदैछन् । एकनासका शैली पछ्याएर बनाइएका आधुनिक घरहरु आत्माविहीन झैं लाग्छन् । घर जीवन्त हुनुपर्छ भन्ने मान्यता बोकेका केही आर्किटेक्टहरुले यस्ता डिजाइन पनि कोरेका छन् जसले घरलार्इ आकर्षक मात्र होइन चर्चा गर्न लायक बनाइदिएका छन् । सिर्जनात्मक र कलात्मक घरहरुले भिडभाडयुक्त शहरको दृश्य नै बदलिदिएको छ । हेरौं विश्वका केही अनौठा घरहरु जसले हेर्नेहरुलार्इ मोहित पार्दछ ।

आर्किटेक्चर र डिजाइनर क्रिटिकका रुपमा चर्चित माइकल वेबले हालै नयाँ किताब सार्बजनिक गरेका छन् जसमा आधुनिक निर्माणले जोखिम र लगानी मात्र बढाएको तर भवनहरुमा आत्मा भर्न नसकेको धारणा राखेका छन् ।

उनी आफु लस एन्जलसको शान्त अपार्टमेन्टमा बस्छन् जुन चारैतिरबाट जंगलले घेरिएको छ । झ्यालबाट समुन्द्रको लहरहरुले फ्याकेको चिसो अनुभूति गर्न सकिन्छ अनि कोलाहालबाट पर प्राइभेसी मेन्टेन गरिएको अपार्टमेन्टमा बस्छन् । सुन्दर ढंगले डिजाइन गरिएको प्राकृतिक उज्यालो पस्ने र रुखै रुखले घेरिएको उनको अपार्टमेन्ट उनी धेरै सन्तुष्ट छन् । तर के सबैले यति नै सुन्दर मनमोहक अपार्टमेन्ट पाउलान् त !

उनले किताबमा जग्गाको सदुपयोग गरी कसरी आकर्षक घर बनाउने सुझाव समेत दिएका छन्।उनका अनुसार धेरैजसो आधुनिक अपार्टमेन्टहरु जोखिमयुक्त नाफामुखी ब्यापारीहरुले बनाएको उनको आरोप छ । उनी भन्छन् न हावा दोहोरो चल्छ न उज्यालो चौतर्फी छ । कौशीहरु पनि उब्रिएको स्थानलार्इ प्रयोग गरेजस्तो मात्र छ ।

अत्याधुनिक भनिएका अपार्टमेन्टहरुमा पनि संभावनालार्इ उपयोग नगरी मोनोटोनस ढंगले बनाइएको छ ।वेबले किताबमा विश्वमा भएका ३० वटा घरहरुको उदाहरण दिएका छन् । लग्जरी फ्ल्याटदेखि साधारण हाउजिङसम्मको अध्ययन गरेका छन् । उनले लो-राइज देखि हाइ-राइज बिल्डिङसम्कमकव अधययन गरेका छन् ।

उनले घरको डिजाइन गरेका धेरै आर्किटेक्टसँग कुरा पनि गरेका छन् । यस्तै भवनमा बस्नेहरुसँग पनि कुराकानी गरि त्यसै आधारमा धारणा पनि प्रस्तुत गरेका छन् । सानो ठाँउमा पनि धेरै मानिस अटाउने किसिमका घरहरु बनाउने कुरामा सबैको रेस्पोन्स राम्रो देखिएको उनी बताउँछन् ।

उनले किताबमा प्रस्तुत गरेको केही उत्कृष्ट डिजाइनहरु यस्ता छन् ।

सिटी लाइफ

City Life

यो भवन सन् २००४ देखि २०१४ को अवधिमा बनाइएको हो । मिलानमा रहेको यो भवन अत्यन्तै आकर्षक छ । यो अपार्टमेन्टमा सेतो इनामेलको प्रयोग गरिएको छ । यस अपार्टमेन्टमा समुन्द्रमा छाल उठे जस्तो कर्भ बनाइएको छ ।अपार्टमेन्ट हेर्दा कुनै ठूलो पानीजहाज जस्तो देखिन्छ । सन् १९३० को दशकमा लण्डनमा बनाइएको इस्कोन भवनबाट अपार्टमेन्टको कर्भ डिजाइन लिइएको हो ।

द इन्टरलेस सिंगापूर

ओमा ओले सेरेन ले सन् २००७ देखि २०१३ मा बनाएको इन्टरलेस बिल्डिङ निकै आकर्षक छ ।

The Interlace Singapore

यो डिजाइन आले सेरेन यशियाका हाइराइज बिल्डिङबाट यति बोर भैसकेका थिए कि उनले एक हजार ४० यूनिट अपार्टमेन्ट २० एकड जमीनमा अटाउने डिजाइन बनाएर उत्कृष्ट नमुना तयार गरे ।

प्रशस्त हरियाली र ओलम्पिक साइजको स्विमिङ पुल रहेको यो अपार्टमेन्ट वरपर प्रशस्त हरियाली छ । अपार्टमेन्ट यति सुन्दर छ कि यहाँ ९० प्रतिशत अकुपेन्सी छ ।

२५ भर्ड इटाली टुरिन

Verd Italy Turin

मध्यमबर्गीय परिवारलार्इ लक्षित गरी बनाइएको यो अपार्टमेन्टमा ६३ वटा ब्लकहरु छन् ।यस वरपर सुन्दरताका लागि १५० वटा रुखहरु लगाइएका छन् । यो रुखले उनीहरुलार्इ प्राकृतिक अनुभूति त दिन्छ नै यसबाट बाहिरी ध्वनि प्रदुषणबाट पनि जोगिन सकिन्छ । यस्तै यसले प्राइभेसी का लागि पनि उपयुक्त छ ।

सुगर हिल न्यूयोर्क

कसैकसैले जेलसँग तुलना गरेपनि यो डेभिड एडजेइको महत्वाकांक्षी प्रोजेक्ट हो। उनले १३ तले यो बिल्डिङलार्इ सुगर क्युब डिजाइनमा बनाएका हुन्।

Sugar Hill New York

यसमा १२४ वटा फ्ल्याट रहेको छ भने यो गैर नाफामुखी संस्थाको भवन हो । यो भवनमा बस्ने ७० प्रतिशत मानिसको तलब औसत भन्दा आधा रहेको छ भने २५ वटा फ्ल्याट होमलेसहरुका लागि छुट्याइएको छ ।

यस्तै भवनमा बच्चाहरुको लागि पढ्ने केन्द्र म्यूजियम तथा वर्कसपहरु चलाइन्छ जसबाट तयहाँका बासिन्दाले आफ्नै कला देखाउन सकुन् । यो भवनको खराब पक्ष भनेको यसमा कौसी छैन ।

यस्तै यसमा तीन बेडरुम फ्ल्याट एकदम कम संख्यामा रहेको छ । डिजाइन गर्ने क्रममा ध्यानमा राख्नुपर्ने आर्थिक सीमा र उपलब्ध गराइएको फल्याट संख्या मेन्टेन गर्नुपर्ने बाध्यता आर्किटेक्टलार्इ हुनसक्छ ।

ब्राजिल साओपाओलो

Brazil Sao Paolo

अक्सर अपार्टमेन्टमा निजात्मक कुराहरु सार्वजनिक हुने ठूलो खतरा रहन्छ । तर यो अपार्टमेन्टमा प्राइभेसी धेरै नै मेन्टेन गरिएको छ ।टावरको रुपमा रहेको यो अपार्टमेन्टमा भने सुन्दर ढंगले भ्यालहरुमा काठको पर्दा डिजाइन गरिए छ । यसले प्राकर्तिक सौन्दर्य त झल्किन्छ नै मानिसहरुको निजी जिन्दगी पनि धेरै नै प्राइभेट हुन सक्छ । काठको पर्दाले भित्रको दृश्य बाहिरबाट झट्ट देखिन दिदैँन। साथै यसले प्रकृतिसँगको निकटता पनि झल्काउँछ ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It