News

घर निर्माणको प्रमाणपत्र लिएबापत घुस लिने इन्जिनियर पक्राउ

Pinterest LinkedIn Tumblr

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिने  सबइन्जिनियरलाई पक्राउ गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा सबइन्जिनियर विजयालक्ष्मी पन्तलाई पक्राउ गरेको जनाएको हो । 

चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट पन्तले  घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएबापत घुस मागेकी थिइन् ।

घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिगएको टोलीले सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट पन्तलाई २५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिइएको थियो । 

आयोगकाअनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It