News

राजस्वभन्दा दोब्बर पैसा घुस लिने भूमि आयोगका तीन कर्मचारी पक्राउ

Pinterest LinkedIn Tumblr

काठमाडौं । झापामा राष्ट्रिय भूमि आयोगअन्तर्गत करारमा कार्यरत तीन कर्मचारी पक्राउ परेका छन् । जग्गाधनी प्रमाणपुर्जा दिने भन्दै सेवाग्राहीबाट घुस लिएको आरोपमा मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । 

उनीहरूले हल्दीबारी गाउँपालिका– १ का गणेशप्रसाद पौडेलबाट ४० हजार घुस लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीकाअनुसार हिरासतमा रहेका तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने तयारी भइरहेको छ । 

भूमि आयोगमा करारमा भर्ना भएका उनीहरू चार महिनाअघिबाट हल्दीबारीमा कार्यरत थिए । घुस लिएको कुरा बाहिरिएपछि फिर्ता गर्न पौडेलको घरमा जाने क्रममा उनीहरूलाई प्रहरी, जनप्रतिनिधि र स्थानीयले नियन्त्रणमा लिएका हुन् । 

अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जाका लागि निश्चित राजस्व रकम लाग्छ । तर, तीनजना कर्मचारीले मिलेमतोमा राजस्वभन्दा दोब्बर पैसा लिएका थिए  । रसिद भने आधा रकमको मात्र दिएको खुलेको छ । उनीहरूविरुद्ध पौडेलले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It