Luxury Living

उपत्यकामा सुविधासम्पन्न अपार्टमेन्टहरू बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकामा व्यवस्थित बसोबासका लागि सुविधासम्पन्न अपार्टमेन्ट पाउन सजिलो छैन । त्यसमाथि सडक, पानी, बत्ती जस्ता आधारभूत सुविधा पाउन झनै मुस्किल हुन्छ । यस्तोमा basobaas.com मा तपाईंले उपत्यका भित्रका सुविधासम्पन्न अपार्टमेन्टहरू छानीछानी किन्न पाउनुहुनेछ । 

रिट्रिट सर्भिस अपार्टमेन्ट

काठमाडौंको स्वयम्भु मार्ग, बिजेश्वरी मन्दिर नजिकै ११ तले लक्जरियस र आकर्षक  अपार्टमेन्टका छन् । उत्तरी मोहडा भएको अपार्टमेन्टमा २४ फिटको फराकिलो सडकसँग जोडिएको छ । 

करिब ४७ आना जग्गामा बनेको जम्मा अपार्टमेन्टमा ३० युनिटमध्ये २४ युनिट बिक्री भइसकेका छन् । जसमा टाइप ‘ए’ ‘बि’ र ‘डी’ गरि ३ किसिमका ६ युनिट बिक्री हुन बाँकी छन् । जसमध्ये ग्राउन्ड फ्लोरमा ३ वटा र पहिलो तल्ला, तेस्रो तल्ला र चौथो तल्लामा एक/एक वटा 2BHK अपार्टमेन्टहरू छन् । 

१ करोड ९० लाख पर्ने ६ वटा सर्भिस अपार्टमेन्ट बिक्रीमा

फुल फर्निस्ड अपार्टमेन्ट सेतो र खैरो रङले सजिएको छ । गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको अपार्टमेन्ट भुकम्प प्रतिरोधात्मक भएको निर्माण कम्पनीले जनाएको छ । 

अपार्टमेन्टमा प्रशस्त पार्किङ सहित पानी, चौबीसै घण्टा बिजुली ब्याकअप, ढल निकास आदिको राम्रो व्यवस्था गरिएको छ । साथै लिफ्टको समेत व्यवस्था गरिएको छ । 

यी सुविधा सम्पन्न अपार्टमेन्टको मूल्य प्रतियुनिट करिब १ करोड ९० लाख रुपैयाँ तोकिएको छ । 

ग्रान्डी अपार्टमेन्ट 

काठमाडौंको धापासीस्थित ग्रान्डी अपार्टमेन्ट ३० रोपनी जग्गामा बनेको छ । ३२ फिटको फराकिलो सडक पहुँच रहेको अपार्टमेन्टमा ३८६ युनिट अपार्टमेन्ट छन् । 

जसमध्ये ४ सय ३९ वर्गफिट देखि ३ हजार १ सय ६५ वर्गफिट क्षेत्रफलका ५३ युनिट लग्जरियस अपार्टमेन्ट बिक्रीमा छन् । 1BHK, 2BHK र 3BHK अपार्टमेन्टहरू केही फुलफर्निस्ड र केही सेमि फर्निस्ड छन् । 

ग्रान्डी टावरका आकर्षक अपार्टमेन्टहरू बिक्रीमा

अपार्टमेन्टमा एउटा कार सहित विशेष अवसरमा हुने पार्किङको समस्यालाई मध्यनजर गर्दै थप पार्किङहरूको समेत व्यवस्था गरिएको छ । 

पानी, बत्ती, जस्ता आधारभुत सुविधासम्पन्न अपार्टमेन्टमा लिफ्ट, जेनरेटर सहितको बिजुली ब्याकअप, इन्टरनेट जस्ता सुविधाहरू छन् ।

थापाथली अपार्टमेन्ट

लामो समयदेखि रियल ईस्टेट क्षेत्रमा काम गर्दै आएको सीई कन्स्ट्रक्सन कम्पनीले थापाथलीमा अपार्टमेन्ट निर्माण गर्ने भएको छ । करिब ६३ आना जग्गामा निर्माण हुने अपार्टमेन्टमा ६७ वटा युनिटको हुनेछन् । 

कम्पनीका अनुसार निर्माण कार्य सुरु हुनु अगाडि नै बुकिङ खुला भएको यस अपार्टमेन्टका ६२ युनिट बुकिङ भइसकेका छन् । भने ५ वटा युनिट मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ । 

उपत्यकामा सुविधासम्पन्न अपार्टमेन्टहरू बिक्रीमा

अपार्टमेन्टहरू सेमि फर्निस्ड र फुलफर्निस्ड हुने कम्पनीले जनाएको छ । पर्याप्त पार्किङका साथै २४ घण्टा पानी बत्ती र सेक्युरिटीको सुविधा हुनेछन् । त्यस्तै, सिसिटीभी, इन्फिनिटी स्विमिङ पुल, जिम, लिफ्ट जस्ता सुविधा उपलब्ध हुनेछन् । 

बसोबासमा लिस्टिङ भएका अन्य प्रपर्टि तथा रिट्रिट, ग्रान्डी र थापाथली अपार्टमेन्टका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It