News

ऋण तिर्न नसकेपछि आधा मूल्यमा जग्गा बेच्दै अन्नपुर्ण होटल

Pinterest LinkedIn Tumblr

काठमाडौं । अन्नपूर्ण होटलले तोकिएको भन्दा आधा मूल्यमा दरबारमार्गस्थित होटल प्राङ्गणको जग्गा बेच्ने भएको छ । बैंकबाट लिइएको ऋण तिर्न नसक्ने भएपछि होटलले प्रतिआना पाँच करोड रुपैयाँबाट घटाएर २ करोड रुपैयाँमा बेच्न लागेको हो ।  

दरबारमार्गमा होटलको नाममा ४२ रोपनी जग्गा छ त्यसमध्ये ६ रोपनी जग्गा बिक्री गर्न लागेको हो । अन्नपूर्ण कफीसपदेखि पछाडि कुमारी हलसम्मको जग्गा, जमलतिरको पार्किङ क्षेत्रको जग्गा, मेनगेटबाट दक्षिणतिरको जग्गालाई टुक्र्याएर बिक्री गर्ने योजना होटल सञ्चालकको छ । 

जग्गाका लागि होटलले ‘मेन गेट’ बाट बाटो दिने सहमति समेत भइसकेको छ ।  स्रोतका अनुसार हिमालयन इन्स्योरेन्सले जग्गा किन्ने निश्चित भएको छ । होटलका सञ्चालक सृजना राणा र कपिल राणा हुन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It