Featured

इमाडोल र टिकाथलीमा सस्तो मूल्यका चार घरहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय ललितपुरको इमाडोल र टिकाथली आवासीय क्षेत्रको हटस्पट बन्दै गएको छ ।  रिङरोडबाट नजिकै तर शान्त र भीडभाडमुक्त भएकाले पनि मानिसहरू यो क्षेत्रमा बस्न चाहन्छन् । यहाँका घरघडेरीहरू उपत्यकाको अन्य क्षेत्रको तुलनामा सुलभ हुनाले पनि मध्यम तथा निम्नमध्यम वर्गीय परिवारहरूको आकर्षण बढेको छ । 

साथै यस क्षेत्रका अधिकांश घरहरूमा यातायात, पानी, ढलनिकास लगायत अन्य सेवासुविधाको सहज हुने गरेको पाइन्छ  । यस्तै; सुविधा सम्पन्न र सस्तो मूल्यका चारवटा घरहरूको संक्षिप्‍त जानकारी आजको लेखमाः

१. टिकाथली सानागाउँ स्कुल नजिकै रहेको १ तल्ले घर बिक्रीमाः
Residential House For Sale In Imadol, Lalitpurheart

टिकाथली सानागाउँ स्कुल नजिकै रहेको १ तल्ले घर  २ आना ३ पैसा २ दाम जग्गामा बनेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य १ करोड ६० लाख तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

२. टिकाथली, पानीट्याङ्की नजिकै रहेको अढाईतले घर बिक्रीमाः
Residential-House-For-Sale-In-tikathali-Lalitpur

टिकाथली, पानीट्याङ्की नजिकै रहेको अढाईतले घर ३ आना जग्गामा बनेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । २ वटा कार र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

३. इमाडोल भद्रकालि पेट्रोल पम्प नजिकै ३ तले घर बिक्रीमाः
Residential-House-For-Sale-In-tikathali-Lalitpur

इमाडोल भद्रकाली पेट्रोल पम्प नजिकै रहेको ३ तले घर ३ आना २ दाम जग्गामा बनेको छ ।  उत्तरी मोहडा भएको घरमा २० फिट फराकिलो पक्की सडकको पहुँच रहेको छ । यस डुप्लेक्स सिस्टमको सेमिफर्निस्ड घरको मूल्य २ करोड ७५ लाख तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

४. इमाडोल टेम्पो पार्क नजिकै साढे ३ तले घर बिक्रीमाः
Residential House For Sale In Imadol, Lalitpurheart

इमाडोल टेम्पो पार्क नजिकै रहेको साढे ३ तले यो घर ३ आना २ पैसा जग्गामा बनेको छ । उत्तर पूर्वी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । डुप्लेक्स सिस्टमको सेमिफर्निस्ड घरको मूल्य २ करोड ९५ लाख तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It