News

लगातार घट्दो घरजग्गा कारोबार, राजस्व संकलनमा अर्बौं घाटा

Pinterest LinkedIn Tumblr

काठमाडौं । देशभरका धेरैजसो मालपोत कार्यालय ठप्प हुँदा असोजमा घर जग्गा कारोबारमा थप गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोजमा देशभरबाट २३ हजार ३ सय ५३ वटा मात्रै घरजग्गाको लिखत पारित भएका छन् । गत भदौंमा लिखत पारित संख्या २७ हजार ४९४ वटा थियो । गत आर्थिक वर्षको असोजमा भने ३० हजार ५२७ संख्यामा लिखत पारित भएका थिए । 

उपत्यका भित्रको घरजग्गा कारोबार

असोजमा काठमाडौं उपत्यकामा जम्मा २ हजार ५७४ वटा घरजग्गाको कारोबार भएको छ । जसमध्ये भक्तपुर मालपोत कार्यालयबाट सबैभन्दा धेरै ७३३ वटा र गोटिखेल मालपोत कार्यालयबाट सबैभन्दा कम १ वटा मात्रै घरजग्गा कारोबार भएको छ ।

यी हुन् धेरै कारोबार भएका चार क्षेत्र

तथ्यांकअनुसार असोजमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै कारोबार भएको छ । इनरुवाबाट १ हजार २५२ वटा घरजग्गाको लिखित पारित भएको देखिन्छ । दोस्रो स्थानमा धनुषाको जनकपुरधाम मालपोत कार्यलय रहेको छ । जनकपुरबाट ९९७ वटा कारोबार भएको छ । 

राजस्व संकलनको अवस्था

असोजमा घरजग्गा कारोबारबाट सरकारले २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ राजस्व संकलन गरेको छ । गत भदौं महिनामा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब १४ करोड ७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । ‍साउनमा ३ अर्ब २८ करोड संकलन भएको थियो ।

असोजमा देशभरबाट धेरै राजस्व संकलन गर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल रहेको छ । लगनखेलबाट ३६ करोड ११ लाख ६३ हजार ५ सय ६१ रुपैयाँ रुपियाँ राजस्व संकलन भयो । भने सबैभन्दा कम मालपोत कार्यालय खोटाङबजारबाट ५३ हजार रुपैयाँ संकलन भयो । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It