Home Loan

घरकर्जाको सीमा बढ्यो, अब घर किन्न ३ करोडसम्म ऋण पाइने

Pinterest LinkedIn Tumblr

नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले घरकर्जा सीमा ३ करोड पुर्‍याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।

पहिलो घर खरिदकर्तालाई ८०% सम्म कर्जा

यसैगरी, घरजग्गा खरिदका लागि दिइने कर्जामा पनि महत्वपूर्ण सुधार गरिएको छ । अब नयाँ घर बनाउदा वा खरिद गर्दा ८० प्रतिशत र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरिएको छ । यो परिवर्तनले थुप्रै सम्भावित ग्राहकहरूलाई वित्तीय सहजता प्रदान गर्नेछ ।

महँगीले थिचिएको वर्गलाई राहत हुने आशा

यसअघि व्यवसायी महासंघ तथा रियलस्टेट क्षेत्रका सरोकारवालाहरूले विगत केही वर्षदेखि कर्जा सीमा यथार्थपरक बनाउनुपर्ने माग राख्दै आएका थिए । बढ्दो निर्माण लागत र मूल्य वृद्धिका कारण २ करोडको कर्जाले सामान्य घर खरिद गर्न समेत नसकिएको भन्दै उनीहरूले नीति संशोधनको माग गरेका थिए । नयाँ नीतिले त्यो मागलाई सम्बोधन गरेको र सम्पूर्ण घरजग्गा बजारमा सकारात्मक चहलपहल ल्याउने विश्वास गरिएको छ ।

घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
Pin It